युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन

आन्दोलन

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन

france protest

युरोपभर दैनिक उपभोग्य वस्तु र सेवाको बढ्दो महँगीविरुद्ध आक्रोशित हजारौँ नागरिकहरू सडकमा उत्रिएका छन्। फ्रान्समा गत सेप्टेम्बरमा विद्यार्थीहरुले थालेको आन्दोलनमा शनिबारसम्म आइपुग्दा धेरै समूहहरु मिसिएका थिए ।

जसकारण, शनिबार ठूलो आगजनी, तोडफोड र हिंसाका घटना भए । तर, शनिबार विरोध प्रदर्शन फ्रान्समै मात्र सिमित थिएन । बेल्जियम, इटाली र पोर्चुगलमा पनि शनिबार बेग्‍ला-बेग्लै रुपमा प्रदर्शन आयोजना भएका छन् ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो।

विद्यार्थीहरूको साताव्यापी प्रदर्शनपछि सुरु भएका यी मार्चहरूले उग्र रूप लिँदै तोडफोड, लुटपाट र आगजनीमा परिणत भएका छन्। हिंस्रक समूहहरूले सरकारी भवन, विलासी बुटिक, सुपरमार्केटहरूमाथि आक्रमण गर्नुका साथै प्रहरीका गाडी र अधिकारीहरूलाई समेत निशाना बनाएका थिए।

इटलीको मिलानमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले मिलानस्थित सिटी सेन्टरमा आगजनी गरेका छन् । त्यस्तै विभिन्‍न स्टोरहरुमा लुटपाट गरेका छन् ।

महँगी र युद्धको विरोधमा स्वतस्फूर्त रुपमा आन्दोलन शान्तिपूर्ण रुपमा सुरु भएको थियो । तर, मास्क लगाएका आन्दोलनकारीहरुले ढुंगा प्रहार गर्ने तथा आगजनी गर्ने काम गरेपछि आन्दोलन नियन्‍त्रणमा लिन बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

ads/1440x233asmis26-bluekv-2-15102026114551.jpg
भीडलाई नियन्‍त्रणमा लिन प्रहरीले टियर ग्याँस र पानीको फोका प्रयोग गरेको थियो । यसक्रममा कम्तीमा दुई प्रहरी घाइते भएको र ५० प्रदर्शनकारी पक्राउ परेको इटलीको समाचार एजेन्सी ला प्रेसेले जनाएको छ ।

उता, बेल्जियमको राजधानी ब्रसेल्समा पनि विश्वविद्यालयको भर्ना शुल्कविरुद्ध केही सातायता विद्यार्थीहरु आन्दोलित थिए ।

त्यसक्रममा प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। शुक्रबार विद्यार्थीहरुको प्रदर्शनमा अन्य असन्तुष्ट समुहहरु पनि मिसिदाँ प्रहरीलाई अवस्था नियन्त्रणमा लिन कठिन भयो ।

प्रदर्शनकारीहरूले आफूहरूमाथि ढुंगामुढा प्रहार गर्नुका साथै विभिन्न स्थानमा आगजनी गरेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

पोर्चुगलमा पनि बढ्दो महँगी र आवासको संकटप्रति दशौं हजारले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी लिस्बनमा भेला भएर प्रदर्शन गरेका हुन् ।

कान्तिपुर

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ