गण्डक न्युज पोखरा, ३० कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य रविन्द्र अधिकारीले अब एमाले र माओवादीको बाम गठबन्धन काँग्रेसलाई हराउनका लागि नबनेको बताएका छन् । उनले लमजुङको चितीमा आयोजित वृहत आमसभामा बोल्दै काँग्रेस स्वतः पराजित हुने बताए ।
उनले भने – राणा, पञ्चायत, राजा पराजित गर्दै आयौं, अब पराजित गर्ने अभाव र गरिबीलाई हो । काँग्रेसलाई होईन । काँग्रेस त स्वतः पराजित हुन्छ । गरीबसँग विश्वेश्वर भनेपनि काँग्रेसले कहिल्यै गरिबी अन्त्य गर्न सकेन ।
https://www.facebook.com/Rabindra.Adhikari.UML/videos/1310261535744490/
अधिकारीले हाम्रो देश गरीब छ । समृद्धि गर्न सकेनौं । विकास गर्न सकेनौं । सानो आयोजना पनि पूरा हुन वर्षौं लाग्छ भन्दै देशको व्यवस्थाका कारण, हाम्रो व्यवहार, हाम्रो सोच यावत् कारणले यस्तो अवस्था आएकाले अब यसमा भुलेर बस्न नहुने बताए ।
उनले भने – नौ महिनामा प्रधानमन्त्री, ६ महिनामा मन्त्री फेरिन्छन् अनि कसरी परियोजना र विकासको काम अघि बढ्छ ? एउटाले नीति बनाउँछ, अर्को आउँछ, काम सुरु गर्नुभन्दा अगावै फालिदिन्छ ।

अधिकारी भन्छन्ः मनमोहन ९ महिना, प्रचण्ड ९ महिना, ओली ९ महिना । वामपन्थीलाई कहिल्यै टिक्न दिएनन् । हाम्रो पनि कारण छ । त्यसैले हामी एकजुट हुनुपर्ने अवस्था आएको हो । एमाले र माओवादीका लागि एक भएका होईनौं । राजनीतिक स्थिरता नभई देश विकास हुन्न । वैदेशिक हस्तक्षेप रोक्न सक्ने सरकार निर्माण गर्नुपर्छ । पाँच वर्ष स्थायी सरकार बन्नुपर्छ । पाँच वर्ष हेर्नुस्, काम नगरे हराउनुस् ।

सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान