नेताहरुलाई गाली मात्र गरिन्छ । कुनै नेता नहोलान्, जसले सामाजिक सञ्जालमा गाली नपाएको तर लालबाबु पण्डित मात्र एक यस्ता नेता छन् मुलुकमा, उनले कहिल्यै गाली पाउँदैनन् । सबैको वाहवाही पाएकै छन् ।
सामान्य मन्त्रालयमा रहँदा गरेको लोकप्रिय कामले उनी यसरी बधाईका पात्र भएका हुन् । नेपालभित्रकाले माया त गरेकै छन्, नेपाल बाहिर कामको सिलसिलामा गएका नेपालीले पनि अत्यन्त माया गरेका छन् । त्यसैले त उनलाई जिताउन सहयोग संकलन नै गरी पठाएका छन् ।
लालबाबुले एक दिन भनेका थिए अरुसँग पैसा छन्, मसँग के छ र ? जनताको माया छ । जसले भोट हाल्ने अवसर पाउँछन्, उसले प्रदान गरेको भोट केहिसँग पनि दाँज्न मिल्दैन तर जसले मतदान गर्न पाउँदैनन् उसले आफ्नो ठाउँबाट सहयोग गरेका छन् ।
कतार जस्तो खाडी मुलुकमा काम गरेर पनि नेपाली दाजुभाइले ६० हजार रुपैंया सहयोग प्रदान गरेका छन् ।
यस्तै, अस्ट्रेलियाको सिडनीमा बस्ने तेह्रथुम सोल्माकी राधिका पोखरेलले पण्डितलाई चुनावी अभियान सञ्चालन गर्न पाँच लाख ११ हजार एक सय रुपैयाँ सहयोग दिएकी छन् ।

पण्डितले चुनाव जितेको हेर्ने इच्छा भएकाले उक्त रकम पठाएको पोखरेलले बताइन् । उनका दाजुद्वय नारायणप्रसाद र चन्द्रले उक्त रकमबराबरको चेक पण्डितलाई हस्तान्तरण गरे ।
उक्त रकम पण्डितले चुनाव परिचालन कमिटीलाई हस्तान्तरण गरे ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु