८ मंसिर । भनिन्छ, नेपाल हल्लै हल्लाको देश हो । भूपि शेरचनले नेपालीको यही चरित्रलाई व्यग्य कस्दै ‘यो हल्लै हल्लाको देश हो’ कविता नै लेखेका थिए । हुन पनि नेपालमा हल्लाले मात्रै पनि धेरै कुरा प्रभावित हुने गरेका छन् ।
बन्दकाे हल्लाकै भरमा शुक्रबार बिहानैदेखि पोखरा मात्र होईन राजधानीकै समेत सवारी आवागमन प्रभावित भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शुक्रबारका लागि बन्द आह्वान गरेको हल्ला चलेपछि उपत्यकाको सवारी आवागमन प्रभावित बनेको हो । यद्यपि, बन्द आह्वानकर्ता भनिएका विप्लव माओवादी र लेनिन बिष्ट नेतृत्वको पूर्वमाओवादी लडाकु समूहले बिहीबार नै बन्द आह्वान नगरेको विज्ञप्तिमार्फत प्रष्ट पारेका थिए । हल्लाको भरमा बन्द भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु भईरहेका छन् ।

बन्द आह्वानकर्ता भनिएकाहरुले नै बन्द नरहेको प्रष्ट पारे पनि हल्लाकै कारण बिहानैदेखि सवारीको चापाचाप हुने उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, विगतको तुलनामा उपत्यकामा आज कम सवारी गुडेका छन् । हल्लाको प्रभाव उपत्यका बाहिर जाने सवारी साधनमा समेत परेको छ । पोखरामा पनि लामो दुरीका सवारी छुटेका छैनन्

निजी सवारी चलेका भए पनि सार्वजनिक सवारी साधन निकै कम चल्दा सार्वजनिक सवारी साधनको भर पर्दै आएका यात्रुहरु बिहानैदेखि मारमा परेका छन् ।
Pic. Kishor Ranabhat
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु