मर्दीखोलामा बालिकाको मृत्यु

मर्दीखोलामा बालिकाको मृत्यु

Balika Dubeko

श्रीभद्र पौडेल पोखरा, ९ मंसिर / पोखरालेखनाथ महानगरपालिका वडा नं. २५, हेमजा, झिर्झिका स्थित खानेपानी मुहान नजिकै मर्दीखोलामा शुक्रवार विहान एक बालिकाको मृत्यु भएको छ ।

स्थानिय हेमजा बोडिङ स्कुलमा एलकेजीमा अध्ययनरत झिर्झिका बस्र्दै आउनुभएकी चिना तमाङकी ७ वर्षिया छोरी सोफिया तामाङको मृत्यु भएको हो । शुक्रवार बन्दका कारण उनी विद्यालय गएकी थिइनन् ।

मृत्युको खास कारण खुल्न नसकेपनि खोलाले बगाएर भएको हुनसक्ने कास्की प्रहरीले आशंका गरेको छ ।तमाङको उनी बस्ने घरबाट करिव पाँचसय मिटर तल खोलामा शव फेला परेको थियो ।उनको स्थाई ठेगाना भने खुल्न सकेको छैन ।

बालिका विहान ७ बजेदेखि हराएकी थिइन । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोस्टमार्टम पछि परिवारले शव बुझेका छन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds