लालबाबुलाई बृद्धबृद्धाको आशिर्वाद, बालबालिकाको माया, युवाको साथ । हेर्नुहोस् मतदातासँग लालबाबु

लालबाबुलाई बृद्धबृद्धाको आशिर्वाद, बालबालिकाको माया, युवाको साथ । हेर्नुहोस् मतदातासँग लालबाबु

Lalbabu Pandit

विराटनगर-१२ मा घरदैलोमा सधैंझैं पाइजामा, सुरुवाल र स्टकोटको सामान्य ‘गेट अप’मा थिए लालबाबु पण्डित । मन्त्री बन्दा चर्चा बटुलेका नेतालाई घरदैलोमै भेट्दा मतदाताले पण्डितलाई जिज्ञासु नजरले हेर्छन्, उनका कुरा सुन्छन् ।

सांसद र मन्त्री हुँदा पण्डितले निर्वाचन क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरेको कतिपय मतदाताको प्रतिक्रिया थियो । लालबाबुलाई बृद्धबृद्धाको आशिर्वाद, बालबालिकाको माया, युवाको साथ छ ।

कस्तो भइरहेको छ, घरदैलो अभियान ?

समय थोरै भएकाले व्यवस्थापन गर्न गाह्रै छ । अन्तक्रिर्या र छलफलका लागि समय मिलाउन गाह्रो भइरहेको छ । राम्रो समर्थन पाइरहेको छु र उत्साह जागेको छ ।

सबै मतदातासमक्ष पुग्न भ्याइन्छ त ?

सकेसम्म धेरै मतदातामाझ पुग्छौं । प्रदेशका पनि उम्मेदवार हुनु भएकाले कतिपय ठाउँमा बाँडिन्छौं पनि । घरदैलो र भेटघाट एकसाथ अगाडि बढाएको छु ।

मतदाताको मनस्थिति कस्तो पाउनुभएको छ ?

धेरै वर्षपछि चुनावी मैदानमा उत्रिएको छु । विगतमा उम्मेदवार बनेकाहरुले केही काम नगरेकाले मतदातामा अविश्वास पाएको छु । केही मतदाता आशावादी पनि पाएको छु ।

मन्त्री हुँदा मैले गरेको कामबाट मतदाताको सकारात्मक दृष्टिकोण र सद्भाव पाएको छु ।

यो क्षेत्रका लागि तपाईंका एजेन्डाहरु के हुन् ?

राष्ट्रको समृद्धि र सुखी नेपाली । विराटनगरलाई प्रादेशिक राजधानी बनाउने । र, समृद्ध विराटनगर बनाउने मेरो योजना छ । विराटनगर र इटहरीलाई जोडेर बृहत्तर नगर बनाउने योजना पनि छ । औद्योगिक नगर भएकाले विराटनगरमा उद्योगको विकासमा पनि जोड दिने मेरो योजना छ ।

जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

चुनाव जित्नेमा पूर्ण आशावादी छु । मेरो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस नेता डा. शेखर कोइरालालाई म ४५ सय मतान्तरले पराजित गर्छु भन्ने लागेको छ । सामान्य प्रशासन मन्त्री हुँदा मैले गरेका काम नै मेरो जितका आधार हुन् ।

आधिकारीक लिन्क

लालबाबु पण्डितको दाबीः शेखर कोइरालालाई ४५ सय मतान्तरले हराउँछु

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds