पोखरा, १० मंसिर / पोखरामै फेरि अर्को बम विस्फोट हुनु अघि नै डिस्पोज गरिएको छ । शुक्रबार साँझ नेकपा एमाले कास्की जिल्ला पार्टी कार्यालय नजिक रहेको पोखरा ९ को सम्पर्क कार्यालयमा गरिएको विस्फोटभन्दा ५० मिटरकै दुरीमा शनिबार पूर्वान्ह पेट्रोल बम भेटिएको थियो ।
दिउँसो अमरसिंहचौरमा एमाले अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा एमालेकै कार्यालय अगाडि राखिएको बम एक बजेर सात मिनेटमा नेपाली सेनाको टोलीले डिस्पोज गरेका हुन् ।
दिउँसो ११ बजेतिर राखिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । मिनिरल वाटरको बोत्तलभरी पेट्रोल, तारहरु र फलामका टुक्राहरु एक बालकले देखेपछि घरमा खबर गरेका थिए । त्यसपछि प्रहरीलाई खबर गरेपछि सेनाको टोलीले डिस्पोज गरेको हो । ठूलो आवाजका साथ विस्फोट भएको थियो ।
अघिल्लो दिन शुक्रबार संयुक्त बाम गठबन्धनले चुनावी प्रचारका लागि स्थापना गरेको कार्यालयमै बम विस्फोट भएको थियो । बाम गठबन्धनले पोखरा वडा नं. ९ मा प्रचारका लागि खडा गरेको कार्यालय अगाडि सटरमै विस्फोट भएको हो । त्यसै घर नजिकै शान्तिबन ओरालो नजिकै सब्जीमण्डी तिरको सिंढीमै बम राखिएको थियो ।
नेकपा एमालेको पार्टी कार्यालय सो घरबाट २० मिटर दुरीमा रहेको छ । कास्की क्षेत्र नं. २ अन्तर्गत बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा रविन्द्र अधिकारी र प्रदेश सभा सदस्यमा राजकाजी गुरुङ करण उम्मेदवार छन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?