पोखरा, १० मंसिर / पोखरामै फेरि अर्को बम विस्फोट हुनु अघि नै डिस्पोज गरिएको छ । शुक्रबार साँझ नेकपा एमाले कास्की जिल्ला पार्टी कार्यालय नजिक रहेको पोखरा ९ को सम्पर्क कार्यालयमा गरिएको विस्फोटभन्दा ५० मिटरकै दुरीमा शनिबार पूर्वान्ह पेट्रोल बम भेटिएको थियो ।
दिउँसो अमरसिंहचौरमा एमाले अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा एमालेकै कार्यालय अगाडि राखिएको बम एक बजेर सात मिनेटमा नेपाली सेनाको टोलीले डिस्पोज गरेका हुन् ।
दिउँसो ११ बजेतिर राखिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । मिनिरल वाटरको बोत्तलभरी पेट्रोल, तारहरु र फलामका टुक्राहरु एक बालकले देखेपछि घरमा खबर गरेका थिए । त्यसपछि प्रहरीलाई खबर गरेपछि सेनाको टोलीले डिस्पोज गरेको हो । ठूलो आवाजका साथ विस्फोट भएको थियो ।
अघिल्लो दिन शुक्रबार संयुक्त बाम गठबन्धनले चुनावी प्रचारका लागि स्थापना गरेको कार्यालयमै बम विस्फोट भएको थियो । बाम गठबन्धनले पोखरा वडा नं. ९ मा प्रचारका लागि खडा गरेको कार्यालय अगाडि सटरमै विस्फोट भएको हो । त्यसै घर नजिकै शान्तिबन ओरालो नजिकै सब्जीमण्डी तिरको सिंढीमै बम राखिएको थियो ।
नेकपा एमालेको पार्टी कार्यालय सो घरबाट २० मिटर दुरीमा रहेको छ । कास्की क्षेत्र नं. २ अन्तर्गत बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा रविन्द्र अधिकारी र प्रदेश सभा सदस्यमा राजकाजी गुरुङ करण उम्मेदवार छन् ।
सम्बन्धित खबर
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह