विराटनगर, १२ मंसीर / लोकप्रिय पूर्व मन्त्री एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य बाम गठबन्धनका साझा उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी सकेट बम विस्फोट गराईएको छ ।
मंगलबार बिहान बुढीगंगा गाउँपालिकाको वडा नम्बर ५ तर्फ घरदैलो कार्यक्रममा जाने क्रममा हात्तीमुढा नजिकैको सडकमा बम विस्फोट भएको हो । पण्डित तथा उनका सहयोगी चढेको गाडी बम राखिएको ठाउँ पुग्नु अगावै विस्फोट भएको हो ।
पण्डितका सहयोगी तथा विद्यार्थी नेता ओसिम आलमले सवारीलाई लक्षित गरी बम विस्फोट गराइएपनि नेता पण्डित र आफूहरु सकुशल रहेको बताए ।

पण्डित पत्नी तथा एमाले नेतृ विमला महतले बिराटनगरबाट बुढीगंगा जाने क्रममा नराम्रो घटना गराउन खोजिएपनि अवस्था सामान्य रहेको र सुरक्षाकर्मीका अधिकारीहरु आएर घटनास्थल निरिक्षण गरेको जानकारी दिईन् । उनले यस्ता हर्कतले लालबाबु पण्डितको कार्यक्रम प्रभावित नहुने बताईन् ।
पण्डितले घरदैलो अभियानलाई भने निरन्तरता दिईरहेका छन् । उनी मंगलबार राति ८ बजेसम्मै घरदैलो कार्यक्रममा हिँड्नेछन् ।
यसैबीच, लालबाबु पण्डित जस्ता नेतालाई बलमे उडाउन खोज्नेले कस्तो देशको परिकल्पना गरेका हुन् ? भन्दै सामाजिक सञ्चालमा चर्को विरोध भईरहेको छ ।
लालबाबु पण्डित समग्र जनताको नेता भएको र देशका लागि आवश्यक नेता भएकाले उनलाई पूर्ण सुरक्षाका साथै यस्ता गतिविधि नगर्न पनि उनीहरुको अनुरोध छ ।

सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?