विराटनगर, १२ मंसीर / लोकप्रिय पूर्व मन्त्री एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य बाम गठबन्धनका साझा उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी सकेट बम विस्फोट गराईएको छ ।
मंगलबार बिहान बुढीगंगा गाउँपालिकाको वडा नम्बर ५ तर्फ घरदैलो कार्यक्रममा जाने क्रममा हात्तीमुढा नजिकैको सडकमा बम विस्फोट भएको हो । पण्डित तथा उनका सहयोगी चढेको गाडी बम राखिएको ठाउँ पुग्नु अगावै विस्फोट भएको हो ।
पण्डितका सहयोगी तथा विद्यार्थी नेता ओसिम आलमले सवारीलाई लक्षित गरी बम विस्फोट गराइएपनि नेता पण्डित र आफूहरु सकुशल रहेको बताए ।

पण्डित पत्नी तथा एमाले नेतृ विमला महतले बिराटनगरबाट बुढीगंगा जाने क्रममा नराम्रो घटना गराउन खोजिएपनि अवस्था सामान्य रहेको र सुरक्षाकर्मीका अधिकारीहरु आएर घटनास्थल निरिक्षण गरेको जानकारी दिईन् । उनले यस्ता हर्कतले लालबाबु पण्डितको कार्यक्रम प्रभावित नहुने बताईन् ।
पण्डितले घरदैलो अभियानलाई भने निरन्तरता दिईरहेका छन् । उनी मंगलबार राति ८ बजेसम्मै घरदैलो कार्यक्रममा हिँड्नेछन् ।
यसैबीच, लालबाबु पण्डित जस्ता नेतालाई बलमे उडाउन खोज्नेले कस्तो देशको परिकल्पना गरेका हुन् ? भन्दै सामाजिक सञ्चालमा चर्को विरोध भईरहेको छ ।
लालबाबु पण्डित समग्र जनताको नेता भएको र देशका लागि आवश्यक नेता भएकाले उनलाई पूर्ण सुरक्षाका साथै यस्ता गतिविधि नगर्न पनि उनीहरुको अनुरोध छ ।

सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु