पोखरा, २० मंसिर /पोखराको फेवाताल किनारदेखि सराङकोटसम्म अन्नपूर्ण केबलकार प्रालिको लगानीमा केबलकार बन्दैछ । केवलकार निर्माणको लागि प्रालि र निर्माणको जिम्मेवारी पाएको चितवन कोइ कम्पनीबीच मंसिर पहिलो साता नै सम्झौता भइसकेको छ । सम्झौतासँगै केबलकार निर्माणको डिजाइन लेआउट गर्ने काम भइरहेको छ ।
केबलकार निर्माणको प्रारम्भिक काम भइरहेपनि निर्वाचन लगत्तै डोजर लगाएर तिब्र रुपमा निर्माणको काम अगाडि बढाइने परामर्श दाता रोपवे नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।
‘ढिलोमा १० देखि १५ दिनभित्र डोजर प्रयोग गरेर निर्माणको कामले तिब्रता पाउँछ,’ ढकालले भने, ‘अबको डेढ वर्षभित्र पोखराबाट सराङकोटसम्म केबलकार सञ्चालन हुन्छ ।’ पोखराको पर्यटनमा केबलकार नयाँ र महत्वपूर्ण प्रडक्ट बन्ने ढकाल बताउँछन् । फेवाताल किनार सेदीदेखि सराङकोटसम्म केबलकार सञ्चालन भएपछि पोखरामा पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ ।
गत वर्ष शिलान्यास भएपनि केही प्रक्रिया पुरा गर्ने क्रममा निर्माणमा ढिलाई भएको थियो । केबलकारमा १ अर्ब १० करोड रुपैयाँ लगानी हुँदैछ । १ अर्ब रुपैयाँ लागतमा निर्माण गर्ने लक्ष्य भएपनि १० करोड रुपैयाँ लगानी बढेको प्रालिका अध्यक्ष कालु गुरुङले जानकारी दिए ।
केबलकारमा नेपालीहरुको ८५ प्रतिशत र विदेशी लगानीकर्ताको १५ प्रतिशत लगानी रहनेछ । विदेशी लगानी अन्तर्गत जापानी नागरिक टाकासी मियाहारा केबलकारसँग जोडिएका छन् । नेपाली लगानी अन्तर्गत नेपाली व्यवसायीहरुको ७५ प्रतिशत र स्थानीय जनताको १० प्रतिशत लगानी रहने गुरुङले जानकारी दिए ।

सेदीमा तल्लो स्टेसन र सराङकोट भुमरीगैरामा माथिल्लो स्टेसन रहनेछ । केबलकार निर्माणका लागि सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले वित्तीय लगानी गर्नेछन् । जापानी कम्पनी निप्पोनले केबलकारको प्राविधिक पक्षमा सहयोग गर्नेछ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणाली अपनाएर केबलकार निर्माण गरिने गुरुङले जानकारी दिए । पोखराको पर्यटन प्रवद्र्धनको लक्ष्यसहित निर्माण हुन लागेको केबलकारका लागि पोखराका पर्यटन व्यवसायी, संघसंस्था तथा स्थानीयबासीबाट साथ मिलेको गुरुङ बताउँछन् ।
सूर्योदय, सूर्यास्त, हिमालय, वरपरको हरियाली दृश्य, पोखरा, फेवाताल लगायतका दृश्यावलोकनका लागि सराङकोट प्रशिद्ध छ । सराङकोटमा पछिल्लो समय स्तरीय होटलहरु समेत थपिने क्रम जारी रहेकाले पर्यटकहरु अझै बढ्ने ढकालले बताए । ‘सराङकोट पुगेका पर्यटकलाई भुलाउन त्यस आसपासमा अन्य गन्तव्यहरुको पनि विकास गर्न आवश्यक छ,’ उनले भने ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’