फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए

दुर्घटना

फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए

WhatsApp Image 2026-02-14 at 04.44.45

पोखराको फेवातालमा कार खस्दा एक युवकको ज्यान गएको छ ।

सशस्त्र प्रहरी बल कालिका गणका अनुसार गएराति करिब २ बजे भएको दुर्घटनामा परेर स्याङ्जा फेदीखोला -५ घर भई पोखरा-७ मासबार बस्ने वर्ष २५ का अतित गुरुङ*ले ज्यान गुमाएका हुन् ।

पोखरा पामे सडकको गैह्राको चौतारा नजिक कार दुर्घटना भएको खबरपछि कालिका गणका गणपति बसन्त बहादुर सिंहको कमान्डमा गोताखोरसहितको २१ जनाको टोली उद्धारमा खटिएको थियो ।

तालबाट गुरुङलाई अचेत अवस्थामा तालबाट उद्धार गरी अस्पताल पठाएकोमा करिब साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तालमा खसेको बीएए १५८२ नम्बरको कारलाई क्रेनको सहायताले घटनास्थलबाट बाहिर निकाली थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

यसअघि सशस्त्र प्रहरीले २४ का अदित गुरुङ भनेर सूचना दिएकोमा सच्याइएको छ ।: सं.

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ