धादिङ क्षेत्र नं. १ प्रदेशसभा २ मा माओवादीका शालिकग्राम जमरकट्टेल विजयी

धादिङ क्षेत्र नं. १ प्रदेशसभा २ मा माओवादीका शालिकग्राम जमरकट्टेल विजयी

Dhading 1 kha

धादिङ २२ मंसिर / धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा २ मा माओवादी केन्द्रका शालिकग्राम जमरकट्टेल विजयी भएका छन् ।

नेकपा माओवादी धादिङका अध्यक्ष एवं ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष जमकट्टेलले दोब्बर बढी मत ल्याएर विजयी भएका छन् ।  बाम गठबन्धनका तर्फबाट जमरकट्टेलले २३ हजार ३ सय ८२ मत ल्याई विजयी भएका हुन् ।

जमरकट्टेलका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याएका छन् । कुल ३५ हजार ८ सय २९ मत यस क्षेत्रमा खसेको थियो ।

जमरकट्टेल र सुवेदीबीच १२ हजार ९ सय ७५ मतान्तर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds