स्याङ्जा, २६ मंसिर । स्याङ्जाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं. १ मा नारायण मरासिनी र २ मा पद्मा अर्याल विजयी भईन् ।
मरासिनी १० हजार ७०२ मतान्तरले बिजयी भएका हुन् । मरासिनीले ३९ हजार ४३३ मत पाउँदा राजु थापाले २८ हजार ७३१ मत प्राप्त गरे । क्षेत्र नं. २ मा पद्मा अर्यालले ३ हजार ७०५ मतान्तरले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री समेत रहेका काँग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरिन् । अर्यालले ३५ हजार १४१ र श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरे ।
निर्वाचन क्षेत्र नम्ब र १ प्रदेश क र ख संगै क्षेत्र नम्बर २ प्रदेश क मा बाम गठबन्धनका उमेदवार बिजयी भएका छन । निर्वाचन क्षेत्र नम्बर १ क मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार दिपक चर्ती मगर र प्रदेश ख मा एमालेका मीन प्रसाद गुरुङ बिजयी भएका छन भने क्षेत्र नम्बर २ प्रदेश क मा बाम गठबन्धनका उमेदवार मोहन रेग्मी बिजयी भएका छन ।
क्षेत्र नम्बर १ क मा कांग्रेस स्याङजाका सभापति समेत रहेका कमल पंगेनीलाई २७२६ मत अन्तरले पराजित गरेका हुन । बाम गठबन्धनका मगरले १७ हजार ३ सय ९२ मत ल्याउदा नेपाली कांग्रेसका कमल पंगेनीले १४ हजार ६ सय ६६ मत ल्याएका थिए । त्यसैगरी प्रदेश ख मा बाम गठबन्धनका मीन प्रसाद गुरुङले ५ हजार ७ सय ३८ मत अन्तरले नेपाली कांग्रेसका तुलसी गिरीलाई पराजित गरेका छन । गिरीले २० हजार २ सय ४८ मत ल्याउदा गुरुङले २४ हजार ५ सय १० मत प्राप्त गरेका थिए ।
त्यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा क मा बाम गठबन्धनका उमेदवार मोहन रेग्मीले नेपाली कांग्रेसका विष्णु पौडेललाई ३ हजार ४ सय ७३ मत अन्तरले पराजित गरेका छन । रेग्मीले १६ हजार ६ सय १३ मत ल्याउदा पौडेलले १३ हजार १ सय ४० मत प्राप्त गरेका थिए ।
त्यसैगरी प्रदेश सभा ख मा नेपाली कांग्रेसका उमेदवार भागवत प्रकाश मल्लले बाम गठबन्धनका सूर्य प्रसाद गैरेलाई पराजित गरे ।
सम्बन्धित खबर
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह