पोखरा, १ पुस । पोखरामा जारी बृहत् सफाइ अभियानको ८१ औं श्रृंखला शनिबार उल्लेख्य उपस्थिति सहित सम्पन्न भएको छ ।
क्षेत्रीय अस्पतालसँगैको रामघाट किनारमा फालिएका मरेका जनावर र विभिन्न प्रकृतिका फोहोरमैला गरी करिब १५ टन संकलन गरिएको अभियन्ता ठाकुरप्रसाद बरालले बताए ।
अभियानलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा लेखनाथ महानगरपालिका, क्षेत्रीय अस्पताल, पोखरा नर्सिङ क्याम्पस, अन्तरसमाज महासंघ राष्ट्रिय समिति नेपाल, अमरसिंह नमूना मावि, ग्लोबल कलिजियट स्कुल, नोबेल सेकेण्डरी स्कुल, मानव सेवा धर्म समिति नेपाल, गीता मन्दिर संरक्षण समिति, तुल्सीमार्ग टोल विकास संस्था, रानीपौवा युथ क्लब, बौद्ध अर्घौ सदन, स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानी लगायत सामाजिक अभियन्ता र स्थानीय संघसंस्थाले ऐक्यबद्धता जनाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।
हप्तामा एक घण्टाः राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ संचालित शनिबारको उक्त अभियान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा नरेन्द्रजंग गुरुङले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेका थिए ।

उपस्थिति सहभागीलाई नर्सिङ क्याम्पस पोखराका क्याम्पस प्रमुख निरुपमा थापाले सरसफाइ र राष्ट्रि भावनाको शपथ गराएकी थिइन् ।
अभियानमा पोखरा लेखनाथ महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीको विशेष उपस्थितिमा क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले २५ प्याकेट डिस्पोजल ग्लोब र १० प्याकेट मास्क, अभियन्ता एवं पोखरा ग्रिनमार्ट प्रालिका अध्यक्ष सुजन गुरुङले ५ थान डोको र २ थान कोरेसो तथा ग्लोबल कलिजियट स्कुलका संस्थापक बाबुराम पन्तले ७ प्याकेट डिस्पोजल ग्लोब प्रदान गरेका थिए ।
८२ औ हप्ताको सरसफाइ अभियान वडा १७ राष्ट्रबैंकचोकमा हुनेछ ।
सम्बन्धित खबर
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह