गण्डक न्युज पोखरा, १ माघ / कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ स्थित सुईखेतमा सोमबार साँझ दुई मोटरसाईकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाईते छन् ।
हेम्जाबाट फेदीतर्फ गईरहेको ग ७ प ७१३४ नम्बरको मोटरसाईकलमा सवार हेम्जाका ४५ वर्षीय घनश्याम त्रिपाठीको ज्यान गएको हो । उनले चलाएको मोटरसाईकल विपरित दिशाबाट आईरहेको लु ५ प ३९१४ नम्बरको मोटरसाईकलसँग साँझ सवा ६ बजे ठोक्किएको थियो ।
त्रिपाठी पछाडि सवार माछापुच्छ्रे ७ धम्पुस बस्ने ४२ वर्षीय कमल भण्डारी गम्भिर घाईते भएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए ।
यस्तै, पाल्पा घर भई पोखरा नदिपुर बस्ने अर्का मोटरसाईकल चालक २१ वर्षीय आनन्द रसाईली र २१ वर्षकै समिर रसाईली घाईते छन् । घाईतेको अहिले फिस्टेल हस्पिटलमा उपचार भईरहेको छ । घटना लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक श्रेष्ठ सहितको टोली घटनास्थल पुगी घाईतको उद्दार गरेको थियो ।
टाउको र निधारमा चोट लागेका त्रिपाठीलाई मनिपाल शिक्षण अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । धम्पुसका भण्डारीको भने दाहिने नली खुट्टामा गहिरो चोट लागेको छ र मुखमा समेत चोट छ ।
चालक रसाईलीको भित्री चोट छैन भने पछाडि बस्ने समिरको टाउकोमा रगत जमेकाले गम्भिर अवस्था रहेको अस्पताललाई उद्दृत गर्दै प्रहरीले जानकारी दियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ