पोखरा, ४ माघ । पोखराको लामाचौर स्थित पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसको तालाबन्दी २० दिनपछि खुलेको छ । क्याम्पस प्रशासन र विद्यार्थीबीच भएको सहमति पछि विद्यार्थीहरु तालाबन्दी खोल्न राजी भएका हुन् ।
विद्यार्थीहरुले गएको असोज २ गते १७ बुँदे माग सहित क्याम्पस प्रशासनमा ज्ञापन पत्र बुझाएका थिए । तर प्रशासनले वास्ता नगरेपछि विद्यार्थी संगठन (नेविसंघ) ले पुस ११ गतेदेखि आन्दोलन गरेको थियो । ११ गते मौन विरोध गरेका उनीहरुले १२ गते क्याम्पस विरुद्ध नाराबाजी सहित प्रदर्शन गरेका थिए भने १३ गतेदेखि क्याम्पस प्रमुख र सहायक प्रमुखको कोठामा तालाबन्दी भएको थियो ।
त्यसपछि पनि पटक पटकको बैठकले सम्बोधन हुन नसकेको मागका बारेमा बुधबार सहमति जुटेको छ । क्याम्पस प्रशासनले विद्यार्थीका सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएको नेविसंघका ईकाई सभापति अमन भुषालले जानकारी दिए । ‘धेरै पटक हाम्रा समस्याका बारेमा क्याम्पसमा जानकारी गरायौं तर क्याम्पसले खासै वास्ता गरेन, उनले भने–क्याम्पस प्रमुखको कोठामै तालाबन्दी गरेपछि अहिले माग सम्बोधनको सहमति भएको छ । यसको हुबहु कार्यान्वयन हुनुपर्ने हाम्रो अर्को माग हो ।’ उनका अनुसार क्याम्पसले विद्यार्थी विरामी हुँदा सहज गर्न हेल्थ कार्डको ब्यवस्था गर्ने सहमति गरेको छ भने छात्र होस्टलमा इन्टरनेट र आवश्यक सबै फर्निचरको ब्यवस्था गर्नेछ ।

यस्तै, विद्यार्थीले क्याम्पसमा पैसा बुझाउँदा १ सय भन्दा कम रकम लेखाशाखामा सिधै बुझाउन मिल्ने र त्यो भन्दा बढी मात्रै बैंकमा जम्मा गर्नुपर्ने ब्यवस्था गरिएको छ । विद्यार्थीले माग गरेका सेमेस्टर ट्रेनिङ पनि क्याम्पसले पूरा गर्ने जनाएको छ । यसबाहेक मैदान ब्यवस्थापन जीर्ण पूर्वाधारको मर्मत सम्भारका लागि पनि क्याम्पस गम्भीर भएर कार्यान्वयन गर्ने सहमति भएको भुषालले जानकारी दिए । – एजेन्सी
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ