गण्डक न्युज पोखरा, ८ माघ / ताओ एशोसियसन अफ नेपालले सत्यताको मार्ग ताओको प्रवचन र टिका ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा बगर स्थित ताओ साधना केन्द्रमा सोमबार भएको ताओ सेमिनारमा एक सय बढिले सहभागिता जनाए । कार्यक्रममा ताईवानबाट आएका गुरु छेएनरनले ताओको सत्यताको मार्ग र असल मान्छे कसरी बन्ने भन्ने बारेमा प्रवचन दिए । थाहा नभएका व्यक्तिलाई राम्रो कुरा थाहा दिनु, खराबलाई असल बनाउनु र नैतिकवान् बनाउनु नै ताओको मूल भाव रहेको उनले जनाए ।
ताओ गुरु तारा आचार्यले ताओ धर्म सम्प्रदाय नभई दर्शन भएको बताए । अहिलेको समाजलाई ताओको दर्शन अपरिहार्य रहेको जनाउँदै उनले मानिसलाई सत्मार्गमा हिँडाउन यसको आवश्यकता बोध गराए ।
अर्का ताओ गुरु आनन्द दाहालले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै स्वागत प्रवचन दिए । सो अवसरमा ताओ साधकहरु चन्द्रावति गुरुङ र अर्जुन पोखरेलले थाइल्याण्ड र मलेसियामा ताओको वृत्तिविकास सम्बन्धमा गरिएको भ्रमणबारे अनुभव सुनाए ।
कार्यक्रमको सञ्चालन ताओ साधिका नम्रता बरालले गरेकी थिईन् । हरेक शनिबार पूर्वान्ह ११ बजेदेखि १ बजेसम्म ताओ साधना केन्द्र बगरमा ताओ प्रवचन कार्यक्रम आयोजना हुँदै आएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?