गण्डक न्युज पोखरा, ९ माघ । पोखराको न्यूरोडमा ‘फूड ब्याङ्क’ नामक रेस्टुरेन्टको सुभारम्भ भएको छ । पोखरा लेखनाथ महानगरपालिका कार्यालय विपरित साइड थोरै माथि सबैखाले ग्राहकहरुलाई लक्षित गर्दै रेस्टुरेन्ट खोलिएको छ ।
भर्खरै कलेजमा अध्ययनरत युवा सोशिभ भुर्तेलले स्वरोजगार बन्दै अरुलाई पनि रोजगारी दिन सक्षम भएका छन् । पहिलो चरणमा यो रेस्टुरेन्ट संचालनमा ल्याउनका लागि २८ लाख रुपैयाँ लगानी रहेको यसका संचालक भुर्तेलले जानकारी दिए ।

‘नेपालमै केहि गर्न सकिन्छ र युवापुस्ताले यहिँ रहेरै कमाउनुपर्छ भन्ने सोँचसहित मैले रेस्टुरेन्ट संचालनमा ल्याएको हुँ ।’ उनले भने- ‘रेस्टुरेन्टमा ५ जनालाई रोजगारी समेत दिएको छु । मेरै उमेरका बरालिने साथीहरु समेत छन् । म केहि गर्न सकिन्छ कि भनेर लागेको छु ।’

होटल म्यानेजमेन्ट पढेका सोशिभले रेस्टुरेन्टमा आउने ग्राहकलाई आतिथ्यतामा कुनै कसर बाँकी नराख्ने दाबी गरेका छन् । त्यसका साथै ग्राहकहरुले फूड ब्याङ्कमा आएर आफ्नो स्वाद अनुसारको खाजा अर्डर गर्न सक्नेछन् । साथै, होम डेलिभरीको सुविधा समेत रहेको छ । झोल मःम विशेष परिकार हो ।

रेस्टुरेन्ट एण्ड बार एशोसियसन कास्कीका संस्थापक अध्यक्ष चिरञ्जिवि श्रेष्ठले एक विशेष समारोहका बीच रिबन काटेर रेस्टुरेन्टको उद्घाटन गरेका थिए उनले रेस्टुरेन्ट व्यवसायमा युवाहरुको आकर्षण हुनु निकै प्रशंसनीय रहेको बताए । उनले यो व्यवसायमा चुनौती रहेपनि निकै सम्भावना पनि रहेको बताए ।

रेस्टुरेन्टका संचालकले सुभारम्भको अवसर पारेर ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था समेत गरेको छ । माघ १३ गतेसम्म विशेष छुट रहनेछ ।
http://www.facebook.com/foodbankrestro
सम्बन्धित खबर
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह