अन्यायपूर्वक डिआईजी नबनाइएका पूर्व एसएसपी खनाल भन्छन्ः ‘उमेरहद कुरा गौण छ, प्रश्न नैतिकताको’

अन्यायपूर्वक डिआईजी नबनाइएका पूर्व एसएसपी खनाल भन्छन्ः ‘उमेरहद कुरा गौण छ, प्रश्न नैतिकताको’

yadav khanal

रञ्जन अधिकारी/ नेपाल प्रहरीमा घटना पुरानो होईन, एक वर्ष समेत भएको छैन  । निर्धारित समयमा बढुवा नहुँदा दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय मिलन बस्नेत र यादवराज खनालले अवकाश पाए । बस्नेत १९ वैशाखमा र खनाल १३ जेठमा उमेरका कारण सेवानिवृत्त भए ।

प्रहरी नियमावलीमा प्रहरी उपरिक्षक (एसपी) र एसएसपीको उमेर ५५ वर्ष तोकिएको छ । जबकि, उनीहरू बढुवा हुनुपर्ने माथिल्लो तह प्रहरी नायव महानिरिक्षक (डीआईजी)का चारवटा दरबन्दी झण्डै ४ महिनादेखि खाली थियो । डीआईजीको उमेर हद ५६ वर्ष छ । यस हिसाबले बस्नेत र खनाल बढुवा भएको भए थप एक वर्ष डीआईजीमा काम गरेर अवकाश पाउने थिए ।

समयमा बढुवा नहुँदा अवकाश पाउनुपर्नेसम्मको अवस्था सिर्जित हुनु भनेको चरम लापरबाही र अस्तव्यस्तताको अवस्था हो । डिआईजी पद खाली बस्नु तर एसएसपीबाट बढुवा नगरी उनीहरुलाई घर फर्काईनु सरकारको कति ठूलो लापरबाही थियो भन्ने प्रस्ट हुन्छ । यसको मारमा यी प्रहरी अधिकारीहरु परे । जागिर खानेहरूले आफ्नो क्षमताका आधारमा निश्चित पदसम्म पुग्ने स्वाभाविक लक्ष्य लिएका हुन्छन् ।

नागरिक स्तरमा राम्रोसँग भिजेका, कहिल्यै विवादित नबनेका सोझा र ईमान्दार प्रहरीका रुपमा छवि बनाएका खनाल अन्यायपूर्वक बाहिरिएकै हुन् । पूर्व एसएसपी खनाललाई सबैभन्दा ठूलो चित्त दुखाई नै यही छ । उनी पटक पटक लेखिरहन्छन् सामाजिक सञ्जालहरुमा । ‘ममा केही कमजोरी भने अबश्य थियो सदा सेवाप्रति निष्ठावान रहनु, नैतिक आचरण बिरुद्धको काम नगर्नु र नेताहरुको ढोका- ढोकामा चहार्न नसक्नु मेरो ठूलो कमजोरी थियो, तसर्थ मेरो प्रमोसन नगरी मलाई जबर्जस्ती बिदा दिनुको प्रमुख कारण के हो भने ठूलो रकमको थैली बुझाउन नसक्नुनै हो, नत्र किन ?’

पूर्व डिआईजी नवराज सिलवालका प्रकरणले अहिले नेपाली राजनीति तातेको छ । आईजिपी नियुक्ति बेलादेखिकै प्रकरण झनै बल्झिएको छ । सिंगो राज्य एउटा पूर्व प्रहरी अधिकारी विरुद्ध परिचालित हुँदा नेपाली राजनीति, प्रहरी संगठनदेखि नागरिकस्तरसम्म तरंग ल्याएको छ । अहिले आफ्ना फेवरका मान्छे आईजिपी नियुक्ति लगायतका सन्दर्भमा प्रहरीको उमेर हद विषयले चर्चा पाएको छ । यसै सन्दर्भमा, पूर्व एसएसपी यादवराज खनालले आफ्ना धारणा सार्वजनिक गरेका छन् । हेर्नुहोस्:

Yadab Raj Khanal

सन्दर्भ, नेपाल प्रहरीको 30 बर्षे सेवा हटाएर 32 बर्ष गर्ने सम्बन्धमा,

अहिले यो बिषय र प्रसंगले बजार तातेको छ, मिडियामा चर्चाको प्रमुख बिषय बनेका छ, म नेपाल प्रहरीको एक पूर्व अधिकृत तथा हाल चर्चामा रहेको यसै 75औ टोलीको सदस्य समेत भएको नाताले केहि कुरा शेयर गर्दछु । _ सर्वप्रथम त देशमा भर्खरै चुनाव सकिएको छ,चुनावबाट जनताले बामगठबनधनलाई सरकार बनाउने म्यानडेट दिएको छ, एक महिना भित्र नयाँ सरकार बन्दै छ, तसर्थ यस्तो अवस्थामा प्रहरीको 30 बर्षे सेवा अवधि हटाएर 32 बर्ष गर्नु नैतिकताले दिन्छ दिँदैन ? सोचनिय कुरा हो भने आगामी बन्ने सरकारको लागि यो यौटा खुल्ला चुनौती पनि हो , _तेसैगरी नेपाल प्रहरीमा पहिला 32 बर्षे सेवा नै बिधमान थियो शायद 2049 सालतिर होला रत्न शमशेर राणा नेपाल प्रहरीका IGP थिए, उनैलाई IGP बाट हटाउन बिधमान 32 बर्षे सेवा अबधि हटाएर 30 बर्षे गरियो, जतिबेला गृहमन्त्री शेर बहादुर देउपा नै थिए, हो अब यहाँनेर ठूलो नैतिक पश्न खडा छ, आखिर स्वार्थ के त ? अस्ति32, हिजो 30, आज 32, अनि फेरी 30 ? कुरो गौण छ अनि प्रश्न नैतिकताको ?

2074 साल जेष्ठ 13 गते मलाई उमेरको हदबाट सेबाबाट हटाईयो, 4 महिनासम्म DIG को पद खाली राखेर प्रमोसन नगरी जबर्जस्ती हटाईयो किन ? म त्यो टोलीमा प्रमोसन हुदा रोलक्रममा पछाडि हैन नं 2 मा थिए र म त्यो टोलीको कुनै पनि सदस्य भन्दा कुनै पनि प्रोफेसनल कुरामा पछाडी थिईन, अन्तमा मैले न्यायलयको सहारा लिए, बढुवा प्रकिया अबिलम्ब समपन्न गर्नु भनी सम्मानित सर्बोच्च अदालतले दिएको आदेशलाई समेत लत्याइ किन जबर्जस्ती अवकाश गरियो ?

हो ममा केही कमजोरी भने अबश्य थियो सदा सेवाप्रति निष्ठावान रहनु, नैतिक आचरण बिरुद्धको काम नगर्नु र नेताहरुको ढोका- ढोकामा चहार्न नसक्नु मेरो ठूलो कमजोरी थियो, तसर्थ मेरो प्रमोसन नगरी मलाई जबर्जस्ती बिदा दिनुको प्रमुख कारण के हो भने ठूलो रकमको थैली बुझाउन नसक्नुनै हो, नत्र किन ?

तसर्थ म मेरा 75औ टोलीका अनन्य र शुभचिन्तक मित्रहरुलाई के अनुरोध गर्न चाहन्छु भने यदि मिडियाहरुमा आएको कुरा साँचो हो भने तपाईंहरू यो 2/5/10 करोडको खेलतिर नलाग्नोस,जसरी अध्यादेश ल्याएर 30 बर्षे सेवा अवधि हटाएर 32 बर्षे गरिदैछ भन्ने हल्ला छ, भोली नयाँ सरकार बनेपछि त्यसरी नै 32 बर्षे हटाएर 30 बर्षे बनाउन कुनै गारो हुँदैन होला भन्ने त पक्कै सोच्नु भएकै होला ?जतिबेला तपाईंहरुले गरेको लगानी सबै डुब्न सक्छ, तपाईंहरुको ब्यापार घाटामा जान सक्छ, तसर्थ सबै 75औ टोलीको बेलैमा चेतना भया ! धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds