कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम

कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम

बीरेठाँटी, नयाँपुल र पर्वतका केही भागका स्थानीयलाई सुरक्षित रहन सार्वजनिक अनुरोध

krimrung-khola_g71w2tMBf3

फाइल तस्वीर

पहिरो जाँदा कास्कीको अन्नपूर्ण स्थित किम्रुङ खोला थुनिएको छ भने तल्लो तटीय क्षेत्र कालिगण्डकी दोभानसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति ८:४० बजे सूचना जारी गरी किम्रुङ खोला थुनिएकाले बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार, जिल्ला प्रशासन कार्यालय, कास्कीले किम्रुङ खोला थुनिएको जानकारी दिएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा पहिरो गएको हो। यो मोदी खोलाको सहायक खोला हो।

पहिरोले थुनिएको किम्रुङ खोलका कारण बाढीको जोखिम रहेको महाशाखाले कालिगण्डकी दोभानसम्मको तल्लो तटीय क्षेत्रमा पर्ने नयाँपुल, वीरेठाँटी र आसपासको बस्तीका बासिन्दा सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।

‘किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म कालिगण्डकी दोभानसम्मको तल्लो क्षेत्र नयाँपुल, बिरेठाँटी र आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध छ,’ महाशाखाले भनेको छ।

यससँगै मोदी नदी करिडोरमा आवागमन नगर्न पनि महाशाखाले सचेत गराएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ