पोखरा । भोटेकोशी नदीमा आएको आकस्मिक विनाशकारी बाढीबाट देशभर ठूलो जनधनको क्षति भएपछि बाढीपीडित सहयोगार्थ पोखराको अटोवेज प्रा.लि. परिवार, प्रतिभा माध्यमिक विद्यालय र गोविन्द–कलावती फाउन्डेसनले आर्थिक सहयोग गरेका छन्।
विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने मानवीय उद्देश्यले अटोवेज प्रा.लि. परिवार (BULL Machines, India सहकार्य) रु. २५ लाख, प्रतिभा माध्यमिक विद्यालय पोखराको सामाजिक उत्तरदायित्व तथा विद्यालयका शिक्षक–कर्मचारीबाट रु. ११ लाख ११ हजार १ सय ११ र गोविन्द–कलावती फाउन्डेसनबाट रु. ५ लाख गरी कुल रु. ४१ लाख ११ हजार १ सय ११ सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा हस्तान्तरण गरिएको हो ।
सांसद डा. धनञ्जय रेग्मीको उपस्थितिमा अध्यक्ष नारायण पौडेल र प्रतिभा माविका प्राचार्य किरण सापकोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाहरूले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। साथै, प्रभावित सबैको शीघ्र उद्धार, घाइतेहरूको उपचार तथा प्रभावितहरूको सुरक्षित पुनःस्थापनाको कामना गरिएको छ।
संस्थाहरूका अध्यक्ष अग्रज व्यवसायी नारायण पौडेलले विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु सहयोग मात्र नभई मानवीय दायित्व र सामाजिक जिम्मेवारीसमेत भएको उल्लेख गर्दै संस्थाहरूले कठिन परिस्थितिमा एकजुट भएर प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गरेको बताए ।
प्रतिभाका प्राचार्ण किरण सापकोटाले स्कूलले संस्थागत सामाजिक दायित्वसँगै शिक्षक कर्मचारीले आफूले सकेको सहयोग उपलब्ध गराएको बताए ।
संस्थाहरूले तत्काल राहत र उद्धारपछि पुनःस्थापनाको चरणमा पनि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दै प्राकृतिक विपद्बाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण तथा बालबालिकाको शैक्षिक वातावरण पुनःस्थापित गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने जनाएका छन् ।
‘विपद्को यस घडीमा हामी एक्लै छैनौँ, हामी सबै साथमा छौँ’ भन्ने सन्देशसहित सहयोग र एकताको भावना अघि बढाउन पनि आह्वान गरिएको छ।
सम्बन्धित खबर
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
सुजल डेरीको ‘सफल कुइजिन लाइन’ प्रभावकारी
बाढीपीडितका लागि शान्ति निकेतन स्कूलद्वारा राहत कोषमा ५० हजार सहयोग
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
बाढीपीडितलाई चरक मेमोरियल अस्पतालमा उपचार निःशुल्क हुने
सिटिजन फर्निचरका कार्कीले विपद् राहतका लागि प्रधानमन्त्री कोषमा दिए १,११,१११
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो