लगातारको वर्षा, बाढी, पहिरो तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै स्याङ्जाको चापाकोट नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा एक दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले बिहीबार जारी गरेको सूचनाअनुसार चापाकोटभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा असोज ९ गते एक दिन बिदा दिइएको हो ।
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गतेको पत्रअनुसार स्थानीय तहको समन्वयमा विद्यालय बिदा गर्न अनुरोध भएसँगै नगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ । देशभर निरन्तर वर्षा, बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढिरहेको अवस्थालाई ध्यानमा राखेर विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।
असोज ९ गते दिइएको एक दिनको बिदा आगामी हिउँदे वा जाडो बिदाबाट कट्टा हुने गरी समायोजन गर्न विद्यालयहरूलाई निर्देशन दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिए ।
बिदाको अवधिमा विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकता दिन भनिएको छ । नदी, खोला, पहिरो तथा अन्य जोखिमयुक्त क्षेत्रमा नजान सम्बन्धित विद्यालय र सरोकारवालालाई आवश्यक सूचना प्रवाह गर्नसमेत नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले जोखिमयुक्त क्षेत्रमा रहेका विद्यालय तथा समुदायलाई मौसमको अवस्था र सम्भावित विपद्बारे सचेत रहन अनुरोध गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो