पोखरा, १० माघ / पर्वतको कुस्मा नगरपालिकाका सन्दीप पौडेल माघ ४ गते उपचारको लागि पोखरा आए । वडा प्रहरी कार्यालय बैदाममा कार्यरत सई नारायणप्रसाद पौडेलका छोरा हुन् उनी । पौडेलले छोरालाई साँढुभाइ पोषण अधिकारीकहाँ पठाए ।
आल्मुनियम व्यवसायी पोषणले नै छोरा सन्दीपलाई कुष्माबाट पोखरा ल्याएका थिए । पोषणले माघ ४ गते आफैले टिकट काटेर सन्दीपलाई पोखराको नयाँबजारमा जारी सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरा हेर्न लगे । मेला दुबैले हेरे ।
मृगौलामा पत्थरी भएका सन्दीपलाई पिता नारायणप्रसाद पौडेलले माघ ५ गते पनि मेला हेर्न लगे । पृथ्वीचोकमा रहेको अस्पतालमा उपचार गराउँदै आएका सन्दीपको लागि विद्यार्थी सहुलियत ४० रुपैयाँको टिकट काटे भने आफूले ६० रुपैयाँ पर्ने टिकट काटे । मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले मेलाको प्रवेश टिकटमा हुण्डाइ कम्पनीको करिब १८ लाख मूल्य पर्ने इवन कार उपहार राखेको उनलाई जानकारी थियो । दुबै दिन काटेका टिकट सुरक्षित राखे ।
मेलाको अन्तिम दिन उपहार खोलियो । पत्रकार टंक अधिकारी,नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल,उच्च अदालत पोखराका बार एसोसियसनका अध्यक्ष दयाराम गौतम, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिँह, कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिकाका प्रमुुख मानबहादुर जिसीले एकपछि अर्को गर्दै अंकहरु निकाले । भाग्यशाली टिकट नम्बर ०५४८९२ घोषणा भयो ।
त्यो नम्बर कसको भन्ने चर्चाकै बीच पवर्तको नमुना आवासीय मावि कुष्मामा कक्षा ९ मा पढ्दै गरेका १५ वर्षीय सन्दीपले पनि आफ्नो टिकट नम्बर हेरे । संचारमाध्यम मार्फत सार्वजनिक गरिएको नम्बरसहितको टिकट उनीसँगै थियो । तत्काल उनले आफ्ना पितालाई फोन गरे । पिता नारायणप्रसाद बुधबार टिकटसहित पोखरा उद्योग वाणिज्य बाणिज्य संघ आएपछि उनले लिएको टिकट र अर्धकट्टी भिडाइयो ।
संघका अध्यक्ष विश्वशंकर पालिखे, कोषाध्यक्ष पवनकुमार प्रजापति, टिकट व्यवस्थापन उपसमितिका संयोजक प्रेमबहादुर भुजेल, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थितिमा संघमा सुरक्षित अर्धकट्टी र टिकटलाई भिडाएर प्रमाणित गरेपछि सन्दीप नै विजेता भएको घोषणा गरियो । संघले उनलाई आउँदो आइतबार अर्थात माघ १४ गते बिहान ८:३० बजे संघको सचिवालयमा एक औपचारिक कार्यक्रम गरी कार हस्तान्तरण गर्ने तय गरिएको छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो