पोखरा, ११ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ४ बाट १२ जनाको मनोनयन दर्ता भएको छ ।
बिभिन्न चार पार्टीले आठ पदका लागि बुधबार क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्ता गर्नेमा काँग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा रहेका छन् । पोखराको उच्च अदालत स्थित क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा मनोनयन दर्ता गर्नेमा वाम गठबन्धनतर्फ एमालेबाट ४ र माओवादी केन्द्रबाट २ जनाको उम्मेदवारी परेको हो भने काँग्रेसबाट ४ जना र जनमोर्चाबाट २ जनाको उम्मेदवारी परेको हो ।
वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेशप्रसाद तिमिल्सिना (पर्वत), महिलातर्फ एमालेकी दीपा गुरुङ (लमजुङ), शान्ति अधिकारी (बागलुङ), अपांगतर्फ रामबहादुर थापा (स्याङ्जा), माओवादी केन्द्रबाट खुलातर्फ दीननाथ शर्मा (बागलुङ) र दलिततर्फ खिमकुमार बि.क. (स्याङ्जा) रहेका छन् । त्यसैगरी, काँग्रेसबाट खुलातर्फ सुरेन्द्रराज पाण्डे (गोरखा), महिलातर्फ विन्दा देवी रानामगर (कास्की), अपांगतर्फ प्रकाश पन्त (तनहँु) र दलिततर्फ जितबहादुर नेपाली (पर्वत) रहेका छन् ।
उता, राष्ट्रिय जनमोर्चाबाट खुलातर्फ कृष्ण अधिकारी (बागलुङ) र महिलातर्फ मीना पुन (बागलुङ) ले मनोनयन दर्ता गरेका छन् । बिहान १० बजेदेखि मनोनयन खुला गरिएको भए पनि दिउँसो २ बजेपछि मात्र दलहरुले उम्मेदवारी दर्ता गरेका हुन् । सुरुवातमा जनमोर्चाले मनोनयन दर्ता गरेकोमा क्रमशः वाम गठबन्धन र काँग्रेसले मनोनयन दिएका हुन् ।
प्रदेश ४ मा प्रदेश सदस्य र गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ३० जना मतदाता रहेका छन् । राष्ट्रिय सभाको निर्वाचन यहि माघ २४ गते हुँदैछ ।
तस्विरः पोखरा न्युज डटकमबाट
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु