गण्डक न्युज पोखरा, १३ माघ / हस्पिटालिटी नेपाल कन्टेस्टको दोस्रो सिजनका लागि प्रतियोगीको छनौट हुने क्रम जारी छ । पोखरा अडिसनपछि आयोजकले बुटवलमा दोस्रो अडिसन सम्पन्न गरी योग्य प्रतियोगीलाई छनौट गरेको छ ।
बुटवलमा भएको दोस्रो अडिसनबाट ६ जना छनौट भए । शनिबारको उक्त अडिसनमा कुल २६ जनाले सहभागिता जनाएका थिए। बुटवल स्थित लाइम एण्ड लेमन लाउन्च क्याफेमा उत्साहजनक सहभागिता जनाएको आयोजक कम्पनी एपी इन्टरटेनमेन्टका कार्यकारी निर्देशक रबिन केसीले जानकारी दिए । यी मध्ये ६ जनालाई मात्र छनौट गरिएको हो ।
यसअघि पोखरामा भएको पहिलो अडिसनमा २८ जनाबाट २४ जना छानिएको छ । पोखरामा फेरि मंगलबार दोस्रो पटक अडिसन हुने र थप ६ जना गरी कूल ३० जना प्रतियोगी पोखराबाट छनौट गरिने आयोजक कम्पनीका मेनेजिङ डिरेक्टर अर्जुन पाण्डेले जनाए ।

बुटवल अडिसनपछि अब तेस्रो अडिसन काठमाण्डौंमा गरिने निर्देशक शैलेस शाहीले बताएका छन् । बुटवलबाट ६ जना र काठमाण्डौंबाट ४ जना गरी पोखरा बाहिरबाट १० जना सहभागी गराईने भएको छ ।
‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु आयोजकले व्यवस्था गरेको आयोजक कम्पनीका बुटवलका म्यानेजर बिष्णु प्रसाद पाण्डेले बताए ।
अडिसन लगत्तै आयोजकले प्रतिस्पर्धीहरुका लागि बन्द प्रशिक्षण दिने तयारी छ। नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’का व्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । ‘अतिथी सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रहरु बढि सम्बन्धित छन् । र, यो कन्टेस्टमा सोहि क्षेत्रसँग आबद्ध रहेका सबै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्ने कम्पनीका निर्देशक सृष्टि आचार्यले बताईन्।
हिमाज एजुकेशन कन्सल्टेन्सीको प्रस्तुति रहेको हस्पिटालिटी नेपाल कन्टेस्टको मुख्य प्रायोजन लाली तयारी चाउचाउले गरेको हो । यसको अनलाईन पार्टनरमा गण्डकन्युज डटकम रहेको छ ।
सम्बन्धित खबर
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह