गण्डक न्युज पोखरा, १४ माघ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरा’ को प्रवेश टिकट मार्फत बम्पर उपहार कार बिजेता सन्दीप पौडेललाई आइतबार कार हस्तान्तरण गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विजेता पौडेललाई कारको साँचो हस्तान्तरण गरे । कार विजेता सन्दीपले कार उपहार पाएकोमा खुसी भएको प्रतिक्रिया दिए ।
प्रमुख जिसीले आफै लक्की ड्रमा सामेल भएको स्मरण गर्दै पोखरा उद्योग वाणिज्य संघले निश्पक्ष रुपले गरेको लक्की ड्र बाट अरुहरुले पनि सिक्नु पर्ने धारणा राखे ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकरा पालिखेले मेला सफल बनाउन सघाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै कार विजेता सन्दीपलाई बधाई ज्ञापन गरे ।

कुस्मा नगरपालिकाका १५ वर्षीय सन्दीप त्यहीँको नमूना माविमा कक्षा ९ मा पढ्दै छन् भने उनका पिता नारायणप्रसाद पौडेल प्रहरी सेवामा रहेका छन् । मेला हेर्न सन्दीपले काटेको टिकट नम्बर ०५४८९२ लाई कार उपहार परेको थियो ।
मेला पोखराको नयाँबजारमा पुस २७ देखि माघ ८ गतेसम्म चलेको थियो । मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले मेलाको प्रवेश टिकटमा हुण्डाइ कम्पनीको करिब १८ लाख मूल्य पर्ने इवन कार उपहार राखेको हो । मेलाको अन्तिम दिन उपहार खोलिएको थियो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गरेको कार्यक्रममा पत्रकार टंक अधिकारी, नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल, उच्च अदालत पोखराका बार एसोसियसनका अध्यक्ष दयाराम गौतम, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिँह कार्यक्रमका प्रमुख अतिथी पोखरा उपमहानगरपालिकाका प्रमुुख मानबहादुर जिसी उपहार सार्वजनिक गर्ने कार्यक्रममा सहभागी थिए ।
सम्बन्धित खबर
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह