गण्डक न्युज पोखरा, १९ माघ । दुई वर्ष अघि प्रेस चौतारी पत्रकारिता पुरस्कार पाउँदा पाका पत्रकार निमदत्त सुवेदीले भनेका थिए ‘३१ वर्ष पत्रकारितामा मेरो यो पहिलो पुरस्कार हो ।’
राष्ट्रिय समाचार समिति, प्रदेश नं ४ नयाँ बजार पोखराका कार्यालय प्रमुख निमदत्त सुवेदीको कार्यालयमा कार्यरत कर्मचारीका तर्फबाट सोमबार बिदाइ गरिएको छ। अनवरत एउटा कालखण्ड नै बिताएका सुवेदी पत्रकारिताको जागिरबाट त बाहिरिएका छन् तर यो उमेरमा समेत युवा पत्रकार जस्तै सक्रिय उनलाई पेशालाई चट्टै बिर्सन भने कठिन नै होला ।
राष्ट्रिय समाचार समितिमा २०४१ साल पुस १६ गतेदेखि स्थायी सेवा प्रवेश गरेका सुवेदी उमेर हदका कारण सोमबार बाटै सेवाबाट निवृत्त भएका हुन् ।
पर्वत साविक ठानामौला गाविस (हाल फलेवास ८) मा २०१६ माघ १५ मा जन्मेका सुवेदी पोखरा ९ नयाँ बजार बस्दै आएका छन् । सेवा अवधिमा सुवेदीले राससको पोखरा कार्यालय सहित केन्द्रीय कार्यालय र तत्कालिन लुम्बिनी अञ्चल कार्यालयमा सेवा गरेका थिए ।
बिदाइ कार्यक्रममा उपसमाचारदाता वासुदेव पौडेलले कार्यालय प्रमुख सुवेदीले राससमा लामो समयसम्म पुर्याएको योगदान प्रशंसायोग्य भएको बताए। सहायक समाचारदाता हरि बास्तोलाले सेवाबाट निवृत्त भए पनि रासस प्रतिको मायालाई कायमै राख्न आग्रह गर्दै जीवनको सुस्वास्थ्य दीर्घायुको कामना गरे।
कार्यालय सहयोगी भोलानाथ पौडेलले कार्यालयको सेवाका क्रममा सुवेदीसँगको बसाइँका अनुभव व्यक्त गर्दै निवृत्त जीवनलाई अझै क्रियाशीलल बनाउन आग्रह गरे ।
कार्यालय प्रमुख निमदत्त सुवेदीले आफूले राससलाई सधैँ सवोर्परी राखेको बताउँदै भावी दिनमा अझै संस्थाको गरिमा र महत्व बढ्दै जाने उल्लेख गरे।
सम्बन्धित खबर
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह