पोखरा, २७ माघ / यस वर्षको टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मा सम्मानित भएकी छन् । उनलाई प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेबी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएतले नगद २० हजार १, दोसल्ला, सम्मानपत्रले सम्मान गरे ।
पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइराला तथा उनको परिवारजनवाट स्थापित सो पुरस्कारवाट हरेक वर्ष १ जना संचारकर्मीलाई पुरस्कृत गरिदै आईएको छ । पत्रकार पुण्य पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसलाई पत्रकार महासंघ कास्कीले सम्मानका लागि छनौट गरेको थियो । समितिमा रमेश पौडेल, माधव पनेरु तथा महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सना पदेन सदस्य थिए ।
जुमना हाल पोखरा एक्सप्रेस पाक्षिकको प्रधानसम्पादक, देशसंचार मल्टिमिडिया अनलाईन तथा रेडीयो जननीमा पनि आवद्ध छिन् । २०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गरेकी वर्षाले माछापुच्छ्े एफएम, पोखरापत्र दैनिक, महिला खवरडटकमको क्षेत्रीय संवाददाताको रुपमा काम गरिन् ।
वर्षा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्सद, संचारिका समुह पश्चिमाञ्चलको अध्यक्ष तथा प्रेस चौतारीको केन्द्रीय सदस्य हुन् । पुरस्कारवाट यस अघि मरणोपरान्त स्व. उमा सिँह, रामकृष्ण ज्ञवाली, रीता गुरुङ, ईश्वरी न्यौपाने, गणेश पाण्डे, दीपेन्द्र श्रेष्ठ, ऋषि धमला र माधव पनेरु पुरस्कृत भईसकेका छन् ।

Pic. Umesh Pun
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ