गण्डक न्युज पोखरा, १ फागुन / धादिङ गंगाजमुना गाउँपालिका वडा नं. ५ फूलखर्कका रेशमबहादुर घर्ती भुजेल मलेसियामा अलपत्र अवस्थामा रहेको भिडियो सामाजिक सञ्जालमा छाएको छ । शारीरिक रुपमा अस्वस्थ भएपछि उनी काम छाडेका छन् भने सडकमा बेहाल अवस्थामा रहेको भिडियो र फोटोमा देखिन्छ ।
https://www.facebook.com/dhading1/videos/1839690719383267/
जापानमा रहेका गाउँबासी दीपेन्द्र अधिकारीले फेसबुक वालमा पोस्ट गरेको भिडियोमा उनले स्पष्टताका साथ आफ्नो र परिवारबारे खुलाएका छन् ।
उनका अनुसार काठमाण्डौ धुम्बाराही स्थित कालिञ्चोक म्यानपावरबाट उनी मलेसिया पुगेका हुन् । पठाउने एजेण्ट खगेन्द्र हुन् भनेर बताएका छन् ।

मलेसियाको इमिग्रेसनले दिएको भिजिट पासमा उनी सेक्युरिजी अज्गानमा काम गर्ने उल्लेख छ । उनले परिवारको नाम प्रतिभा भुजेल भनेका छन् भने बुबा बोधबहादुर घर्ती, आमाको नाम मेघमाया भुजेल बताएका छन् । भाइको नाम कमल भुजेल र भाइ काठमाण्डौमै सानोतिनो जब गर्ने खुलाएका छन् ।
उनका अनुसार सानोतिनो बिरामी पहिल्यैदेखि हो । पछिल्लो समय च्यापेको हो । कम्पनीले बस् सानोतिनो जागिर भनेका थिए । एक महिनाजति पनि भएको छैन काम छाडेको भनेर स्पष्ट पारेका छन् । मलेसियामा यसरी उनी अलपत्र छन् ।

– Pic./Video Dipendra Adhikari
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड
नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो