गण्डक न्युज पोखरा, ८ फागुन । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट भएको छ । घटनामा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।
उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । पत्रकार पाण्डे गण्डकी मिडिया हाउस अन्तर्गत रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत छन् ।

विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।

शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण पनि घाईते भएको घटनास्थल पुगेका पत्रकार युनिश गुरुङले जनाए ।
कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले पत्रकार र प्रहरी घाईते भएको गण्डक न्युजलाई बताए । ‘दुई जना घाईते भएको थाहा हुन आएको छ । संकास्पद वस्तु देखिएको जानकारी आउने बित्तिकै हामी पुग्यौं । पहिल्यै विस्फोट भयो । पोखरामा नागढुंगा र विजयपुर बाहेक अन्यत्र यस्ता वस्तु भेटिएको थाहा हुन आएको छैन।’ सिंहले भने ।

यतिबेला प्रहरी र आर्मीको टोली बिजयपुर खोला पुगेको छ ।

दमकमा पनि विष्फोट
यसैबीच, झापाको दमकमा पनि बन्दकर्ताहरुले विष्फोट गराएका छन् । विप्लप समूहका कार्यकर्ताले दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो । विष्फोटबाट कुनै भौतिक एवं मानवीय क्षति भने नभएको बताईन्छ ।
तस्विर: सन्देश श्रेष्ठ, तारा चापागाईं, कपिल पौडेल
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?