गण्डक न्युज पोखरा, ९ फागुन / दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिस्पर्धीहरुलाई विभिन्न ट्रेनिङ दिने क्रम जारी छ । प्रतियोगीहरु भरपुर मनोरञ्जनका साथ पोखरादेखि ल्वाङसम्म विभिन्न अनुभव बटुलिरहेका छन् ।
पोखरा, बुटवल र काठमाण्डौका गरी २८ जना प्रतिष्पर्धीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन् । चरणबद्ध रुपमा विभिन्न तालिमहरु दिईएको आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए । प्रतियोगीलाई पर्यटकीय गाउँ ल्वाङ पुर्याईएको छ ।

त्यहाँको होम स्टे, ग्रामिण शैलीमा पाहुनाको स्वागत, त्यहाँका खानपिन, परिकार, आवास सुविधा सम्बन्धमा जानकारी हेतु विषय सुहाउँदो पनि भएकाले यस किसिमको भ्रमण गराईएको पाण्डेले बताए ।
हामीले प्रतिस्पर्धीहरुलाई सकेसम्म आवश्यक सबै क्षेत्रको बारेमा सक्दो प्रशिक्षण र अनुभव प्रदान गर्दैछौं कार्यकारी निर्देशक रोनित तुलाचनले भने होमस्टेको आकर्षण पछिल्लो पटक बढ्दो छ । हस्पिटालिटी भनेपछि यसबारेपनि अनुभव र ज्ञान होस् भनेर भ्रमणका लागि लगेका हौं ।
टेबल म्यानर र डाइनिंग इन्थिकुइटी ट्रेनिङ
यस्तै, प्रतिष्पर्धीलाई टेबल म्यानर र डाइनिंग इन्थिकुइटी ट्रेनिङ प्रदान गरिएको छ । लेकसाइड स्थित क्राउन हिमालयनमा प्रशिक्षक विकास गुरुङले सहजीकरण गरे ।

प्रतिष्पर्धीहरुलाई आवश्यक पर्ने सबै किसिमका प्रशिक्षण दिइने आयोजक कम्पनीका निर्देशक उज्ज्वल बस्नेतले बताए ।
बारिष्टा ट्रेनिङ पनि
प्रतिस्पर्धीहरुलाई बारिष्टा क्लास प्रदान गरिएको छ । न्युरोड स्थित कफि कल्चरमा प्रतिस्पर्धीहरुलाई कफि बनाउने तरिका सिकाइएको थियो ।

आगामी फागुन २० गते पोखरामा ग्राण्डमा फाइनल हुने कन्टेस्टको १४ गते नेपाल टुरिजम बोर्डको हलमा ट्यालेन्ट राउण्ड रहेको निर्देशक रबिन केसीले बताए ।

हिमाज् एजुकेशन कन्सल्टेसीको प्रस्तुतिमा एपी इन्टरटेन्मेन्टले आयोजना गरेको कन्टेस्टको मुख्य प्रायोजकमा लालि तयारी चाउचाउ रहेको छ । अनलाइन मिडिया पार्टनर गण्डक न्युज रहेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?