गण्डक न्युज पोखरा, ९ फागुन / दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिस्पर्धीहरुलाई विभिन्न ट्रेनिङ दिने क्रम जारी छ । प्रतियोगीहरु भरपुर मनोरञ्जनका साथ पोखरादेखि ल्वाङसम्म विभिन्न अनुभव बटुलिरहेका छन् ।
पोखरा, बुटवल र काठमाण्डौका गरी २८ जना प्रतिष्पर्धीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन् । चरणबद्ध रुपमा विभिन्न तालिमहरु दिईएको आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए । प्रतियोगीलाई पर्यटकीय गाउँ ल्वाङ पुर्याईएको छ ।

त्यहाँको होम स्टे, ग्रामिण शैलीमा पाहुनाको स्वागत, त्यहाँका खानपिन, परिकार, आवास सुविधा सम्बन्धमा जानकारी हेतु विषय सुहाउँदो पनि भएकाले यस किसिमको भ्रमण गराईएको पाण्डेले बताए ।
हामीले प्रतिस्पर्धीहरुलाई सकेसम्म आवश्यक सबै क्षेत्रको बारेमा सक्दो प्रशिक्षण र अनुभव प्रदान गर्दैछौं कार्यकारी निर्देशक रोनित तुलाचनले भने होमस्टेको आकर्षण पछिल्लो पटक बढ्दो छ । हस्पिटालिटी भनेपछि यसबारेपनि अनुभव र ज्ञान होस् भनेर भ्रमणका लागि लगेका हौं ।
टेबल म्यानर र डाइनिंग इन्थिकुइटी ट्रेनिङ
यस्तै, प्रतिष्पर्धीलाई टेबल म्यानर र डाइनिंग इन्थिकुइटी ट्रेनिङ प्रदान गरिएको छ । लेकसाइड स्थित क्राउन हिमालयनमा प्रशिक्षक विकास गुरुङले सहजीकरण गरे ।

प्रतिष्पर्धीहरुलाई आवश्यक पर्ने सबै किसिमका प्रशिक्षण दिइने आयोजक कम्पनीका निर्देशक उज्ज्वल बस्नेतले बताए ।
बारिष्टा ट्रेनिङ पनि
प्रतिस्पर्धीहरुलाई बारिष्टा क्लास प्रदान गरिएको छ । न्युरोड स्थित कफि कल्चरमा प्रतिस्पर्धीहरुलाई कफि बनाउने तरिका सिकाइएको थियो ।

आगामी फागुन २० गते पोखरामा ग्राण्डमा फाइनल हुने कन्टेस्टको १४ गते नेपाल टुरिजम बोर्डको हलमा ट्यालेन्ट राउण्ड रहेको निर्देशक रबिन केसीले बताए ।

हिमाज् एजुकेशन कन्सल्टेसीको प्रस्तुतिमा एपी इन्टरटेन्मेन्टले आयोजना गरेको कन्टेस्टको मुख्य प्रायोजकमा लालि तयारी चाउचाउ रहेको छ । अनलाइन मिडिया पार्टनर गण्डक न्युज रहेको छ ।
सम्बन्धित खबर
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह