पोखरा, १५ फागुन । पोखरा लेखनाथ महानगरपालिका – ३० पावर हाउस चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
तनहुँबाट पोखरा तर्फ आउदै गरेको ना २ ख ३६६९ नं को ट्रकले ठक्कर दिदाँ ३६ बर्षीय जित बहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम घर भई हाल पोखरा लेखनाथ महानगरपालिका ३२ खुदीखोलामा डेरा गरी बस्दै आएका पुन दुर्घटनाबाट सख्त घाइते भएका थिए ।
घाइते पुनको पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा उपचारको क्रममा मंगलबार बिहान करिब १० बजेको समयमा मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले ट्रक चालक तथा लाई ट्रकलाइ नियन्त्रणमा लिएको जनाएको छ ।
तनहुँमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु
तनहुँमा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका–१ गल्फुबेशीमा ज्ञान गंगा बोडिङ स्कुलको ग १ क १७१८ नं.को बसले ठक्कर दिदाँ पैदलयात्री ९५ वर्षीय विष्णुमाया पन्थको मृत्यु भएको हो ।
मंगलबार दिउसो करिब ४ बजेको समयमा गल्फुबेशीमा विद्यार्थी छोड्दै भादगाउँ तर्फ जाँदै गरेको बसले ठक्कर दिँदा पन्थकोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला