गण्डक न्युज पोखरा, १६ फागुन / पोखरा ८ सिर्जनाचोकमा अवस्थित पोखरा मल्टिमोडल क्याम्पसले आफ्ना विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने हेतुले विभिन्न प्रशिक्षणात्मक कार्यक्रमलाई जारी राखेको छ ।
बुधबार व्यवस्थापन संकायतर्फका विद्यार्थीमाझ क्याम्पसले यसै क्षेत्रमा उत्कृष्टता हासिल गरेका पोखरामा स्थापित युवा व्यक्तित्वलाई उभ्यायो । यसअघि, लोकसेवा कक्षा सम्बन्धमा विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।
कक्षा १२ र बिबीएस तहका विद्यार्थीसँग सिए अमित थापाको अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा सिए थापाले व्यवस्थापन विषयका फाइदा र यसलाई कसरी उपयोग गर्दै जीवनमा सफल बन्ने विषयमा सहजीकरण गरे ।

उनले बिबिए, सिए भन्दा बिबिएसका पाठ्यक्रम ज्ञानमूलक भएको भन्दै यसलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा मात्र चुकेको बताए । ‘त्रिवि अन्तर्गत व्यवस्थापनको स्नातक तह र सिएको साढे चार वर्षे कोर्स उस्तै स्तरका हुन् । तर हामीकहाँ किन बिबिएसका टपर विद्यार्थीलाई सिएका नर्मल विद्यार्थी जस्तो पनि समाजले लिँदैन ? बिबिएसको ८० प्रतिशत पाठ्यक्रम सिएसँग मिल्छ । बजारमा बिबिएसका विद्यार्थी किन प्रतिष्पर्धामा उत्रन सक्दैनन् ?’ थापाले विद्यार्थी माझ भने ‘विद्यार्थी पनि यो विषयमा गम्भिर हुनुपर्छ । उत्कृष्टता हासिल गर्नुपर्छ । बिबिएसका पाठ्यक्रम निकै राम्रो छ ।’ उनले व्यवस्थापन विषयका विद्यार्थी समयका साथै हरेक कुराको व्यवस्थापनामा पनि ध्यान दिनुपर्ने बताए ।

तीन दर्जन बढी विद्यार्थी सहभागी कार्यक्रममा उनीहरुले बिबिएस पढेपछिको स्कोप, लेखा, वित्त शास्त्र लगायतका सन्दर्भमा जिज्ञासा राखेका थिए । सिए थापा पोखरा नुडल्स प्रालिसँग आबद्ध छन् भने पोखारमै प्रिज्म सेन्टर अफ लर्निङ प्रालिका मेनेजिङ डिरेक्टर समेत हुन् । सो सेन्टरले सिए कोर्स सञ्चालन गर्दै आएको छ ।
क्याम्पस प्रमुख कृष्ण केसीले सैद्धान्तिक ज्ञानसँगै अब बजारमा आफ्ना विद्यार्थी प्रतिष्पर्धामा अब्बल बनाउने गरी व्यवहारिक पाटोतर्फ जोड दिएको दिएको बताए । उनले निजामति सेवामा प्रवेशमा आकर्षित गराउन यसअघि लोकसेवा परीक्षा तयारी, यसका फाईदा सम्बन्धमा प्रशिक्षण दिएको बताउँदै व्यवस्थापन नै पढेर कस्तो पदमा पुग्न सकिन्छ ? भन्ने देखाई पढाईप्रति प्रेरित गर्न सिएसँग अन्र्तक्रिर्यात्मक कार्यक्रम गरेको बताए ।
सो अवसरमा पोखरा मल्टिमोडल प्रालिका प्रबन्ध निर्देशक राजकुमार गिरीले यस्ता कार्यक्रमले विद्यार्थीलाई फाइदा पुग्ने बताउँदै निरन्तरता दिने बताए ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?