रञ्जन अधिकारी पोखरा, २१ फागुन / पोखराको डाँडाको नाक एरियामा चोरी केसमा पक्राउ परेकाले अरु पनि मुछेपछि वडा प्रहरी कार्यालय बैदामबाट दुई प्रहरी जवान सादा पोशाकमा ड्युटीमा खटिए । जवानद्वय प्रदीपकुमार यादव र शुशिल बानियाँ डाँडाकोनाक क्षेत्र सर्च गरेर फर्कदै थिए । विजयपुर आईपुग्दा दुर्घटनामा परे र दुवैले ज्यान गुमाए ।
पोखरा लेखनाथ महानगरपालिका २६ बिजयपुरमा भएको सो सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । आइतबार राति १०ः०५ बजे बागलुङ–काठमाण्डौं चल्ने संयुक्त यातायातको बा४ख ५७५८ नम्बरको रात्री बसले ग ११ प ३६४५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
जिल्ला ट्राफिक कार्यालय, कास्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा रुपन्देही छिपागढ घर भएका ३० वर्षीय प्रदीप कुमार यादव र स्याङ्जा फेदीखोला २ गाउँपालिका, का २७ वर्षकै सुशिल बानियाँको ज्यान गएको हो । यादव २०७३ जेठ २८ देखि वडा प्रहरी कार्यालय बैदाममा कार्यरत रहेको र बानियाँ २०७३ मंसिर ५ गते वैदाममा आएको कार्यालय प्रमुख डिएसपी नविन कार्कीले गण्डक न्युजलाई जानकारी दिए ।
दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पु¥याइएको घाइते प्रहरी जवानहरुलाई अस्पतालले पुग्ने बित्तिकै मृत घोषणा गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार एक जनाको घटनास्थलमै ज्यान गईसकेको थियो भने अर्का एक जना पनि अस्पताल पुग्नेबित्तिकै मृत्यु भएको हो । ड्युटीकै क्रममा पोखरा आइरहेका जवानलाई काठमाडौंतर्फ जादैं गरेको ओभर स्पिडमा रहेको बसले विपरित दिशामा गएर मोटरसाइकललाई ठक्कर दिएको देखिएको प्रहरीले जनाएको छ ।
बस र बसचालक पर्वतका डासु गिरीलाई डाँडाको नाक प्रहरीले तुरुन्त नियन्त्रणमा लिएको कार्यालय प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिए । प्रहरीद्वयको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ । पोस्टमार्टमपछि उनीहरुको शवलाई परिवारलाई बुझाउने अस्पतालले जनाएको छ ।

पल्सर बाइकको अगाडिको भाग कामै नलाग्ने गरी क्षति भएको छ । ठक्करबाट एकजना मोटरसाईकलमै किचिएका थिए भने अर्को नालीमा बजारिएका थिए ।

तस्विर: विनायक रानाभाट
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?