रञ्जन अधिकारी पोखरा, २१ फागुन / पोखराको डाँडाको नाक एरियामा चोरी केसमा पक्राउ परेकाले अरु पनि मुछेपछि वडा प्रहरी कार्यालय बैदामबाट दुई प्रहरी जवान सादा पोशाकमा ड्युटीमा खटिए । जवानद्वय प्रदीपकुमार यादव र शुशिल बानियाँ डाँडाकोनाक क्षेत्र सर्च गरेर फर्कदै थिए । विजयपुर आईपुग्दा दुर्घटनामा परे र दुवैले ज्यान गुमाए ।
पोखरा लेखनाथ महानगरपालिका २६ बिजयपुरमा भएको सो सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । आइतबार राति १०ः०५ बजे बागलुङ–काठमाण्डौं चल्ने संयुक्त यातायातको बा४ख ५७५८ नम्बरको रात्री बसले ग ११ प ३६४५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
जिल्ला ट्राफिक कार्यालय, कास्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा रुपन्देही छिपागढ घर भएका ३० वर्षीय प्रदीप कुमार यादव र स्याङ्जा फेदीखोला २ गाउँपालिका, का २७ वर्षकै सुशिल बानियाँको ज्यान गएको हो । यादव २०७३ जेठ २८ देखि वडा प्रहरी कार्यालय बैदाममा कार्यरत रहेको र बानियाँ २०७३ मंसिर ५ गते वैदाममा आएको कार्यालय प्रमुख डिएसपी नविन कार्कीले गण्डक न्युजलाई जानकारी दिए ।
दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पु¥याइएको घाइते प्रहरी जवानहरुलाई अस्पतालले पुग्ने बित्तिकै मृत घोषणा गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार एक जनाको घटनास्थलमै ज्यान गईसकेको थियो भने अर्का एक जना पनि अस्पताल पुग्नेबित्तिकै मृत्यु भएको हो । ड्युटीकै क्रममा पोखरा आइरहेका जवानलाई काठमाडौंतर्फ जादैं गरेको ओभर स्पिडमा रहेको बसले विपरित दिशामा गएर मोटरसाइकललाई ठक्कर दिएको देखिएको प्रहरीले जनाएको छ ।
बस र बसचालक पर्वतका डासु गिरीलाई डाँडाको नाक प्रहरीले तुरुन्त नियन्त्रणमा लिएको कार्यालय प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिए । प्रहरीद्वयको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ । पोस्टमार्टमपछि उनीहरुको शवलाई परिवारलाई बुझाउने अस्पतालले जनाएको छ ।

पल्सर बाइकको अगाडिको भाग कामै नलाग्ने गरी क्षति भएको छ । ठक्करबाट एकजना मोटरसाईकलमै किचिएका थिए भने अर्को नालीमा बजारिएका थिए ।

तस्विर: विनायक रानाभाट
सम्बन्धित खबर
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह