पोखरा, २१ फागुन / शैक्षिक तथा सामाजिक क्षेत्रमा अब्बल लर्निङ हाउसले ‘एजुकेसन डे’ कार्यक्रमको आयोजना गर्न लागेकोे छ ।
नेपालका लाग अमेरिकी दुतावास (यूएस एम्बेसी) को आयोजना र लर्निङ हाउसको सहकार्यमा फागुन २५ गते दरबारथोक व्याङक्वेटमा कार्यक्रम हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने लर्निङ हाउसका डाइरेक्टर नवाङ्ग गुरुङले जानकारी दिए ।
अमेरिकी वाणिज्य दुतावास भिसा सेक्सन प्रतिनिधि, रिपब्लिका सम्पादक सुभास घिमिरे, लर्निङ हाउस एक्जुक्यूटिभ डाइरेक्टर नवाङ गुरुङ र स्थानीय उद्यमी दोर्जेलामा कार्यक्रमका वक्ता रहनेछन् ।
कार्यक्रममा सहभागिलाई अमेरिकाको भिसाप्रोसेसिङ सम्बन्धी सम्पूर्ण जानकारी नेपालका लागि अमेरिकी दुतावासका प्रतिनिधि ग्रेस क्यारोलले प्रत्यक्ष प्रदान गर्नुहुने अमेरिकन एम्बेसी प्रतिनिधि मिसेल विल्सले जानकारी दिइन् ।

दरबारथोक व्याङ्क्वेटमा हुने कार्यक्रम विशेषगरी पोखरामा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी अमेरिका अध्ययन गर्न जान चाहने र अध्ययन पश्चात्त अमेरिकाको ज्ञान सीपलाई नेपालको विकास विस्तारमा उपयोग गर्ने व्यक्तिहरुका निमित्त फलदायी हुने लर्निङ हाउसका डाइरेक्टर गुरुङले जानकारी दिए ।
कार्यक्रममा स्कुल कलेज अध्ययन गरि रहेका विद्यार्थी एवं अभिभावक, पत्रकार, प्राध्यापक, शिक्षक सबै जना उपस्थित हुन पाउने गुरुङले बताए । कार्यक्रम उपस्थितिहरुलाई रिफ्ररेसमेन्टका लागि लिगेसी व्याण्डको प्रस्तुतिमा सांगीतिक कार्यक्रम समेत हुने आयोजकले बताएको छ । कार्यक्रम सफल बनाउनको लागि मिडिया पार्टनको रुपमा लेवल नेक्स्टले सहकार्य गर्नेछ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?