पोखरा, २६ फागुन / प्रदेश नम्वर ४ मा आइतबार मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना बढ्दै गएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते सपथग्रहण संगै पदभार ग्रहण गरेपनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । एमाले र माओवादी केन्द्रविच मन्त्रालयको विषयमा सहमती भएपनि एमालेले मन्त्री छनोट गर्न नसक्दा मन्त्रीपरिषद बिस्तार ढिलो भएको हो ।
मुख्यमन्त्री गुरुङले शुक्रबार विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेपनि अन्तिम समयमा आएर रोकिएको थियो । पार्टी भित्रको आन्तरीक विवादका कारण मन्त्री छनोट भएको कठिन भएको एमाले स्रोतले जनाएको छ । आइतबार ४ बजे मन्त्रीपरिषद विस्तार गरेर राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न काठमाण्डौं जाने सोचमा मुख्यमन्त्री रहेको बुझिएको छ ।
मन्त्रीको नामावली आज रातीसम्म टुङ्ग्याएर मन्त्रीपरिषद विस्तार गर्ने सोंचमा मुख्यमन्त्री रहेको स्रोतले जनाएको छ । मन्त्रीका लागि एमालेको भागमा परेका पाँच मन्त्रालयमध्य एउटा मन्त्रालयमा मात्रै राम शरण बस्नेतमात्रै मन्त्री भएका छन । मन्त्रीका लागि बिकास लम्साल, चन्द्रमोहन गौचन, नरदेवी पुन, रोशन गाहा मगर, प्रभा कोइराला र कृष्ण थापाको नाम चर्चामा रहेको छ । मुख्यमन्त्रीले भेग, जातियता मिलाएर मन्त्री बनाउने सोंचमा बुझिएको छ ।
यता कास्कीबाट मन्त्री बनाउनका लागि दवाब बढे पनि कास्कीले समानुपातिक तर्फ धेरै सांसद पाएको र उपसभामुखपनि कास्कीले पाएका कारण बाँकी जिल्लाबाट मन्त्री बनाउन पर्छ भन्ने दवाबपनि उक्तिकै रहेको छ । मन्त्री छनोटमा सहमती सहमती जुट्न नसके मन्त्रीपरिषद बिस्तार पछि धकेलीने स्रोतले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयलाई शुक्रबार नै मन्त्रीपरिषदको बिस्तारको बारेमा जानकारी गराइए पनि बिस्तार हुन सकेको थिएन ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दुई तिहाई बहुमत

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ससदबाट दुई तिहाईको बहुमत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा गुरुङले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ भने विपक्षमा १७ मत पर्यो।
एमाले र माओवादीको समर्थनबाट गएको फागुन ४ गते मुख्य मन्त्री बनेका गुरुङलाई संसद सभामा राष्ट्रिय जनमोर्चाले समेत समर्थन गरेको छ। जनमोर्चा यस अघि प्रतिपक्षमा थियो। सत्तारुढ दल एमालेको २७ माओवादीको १२ मत थियो भने जनमोर्चाको ३ मत पनि थपिएको छ। माओवादीबाट सभामुख बनेका नेत्रनाथ अधिकारीले शुक्रबार मत दिएनन्।
विपक्षमा कांग्रेसको १५ र नयाँशक्तिको २ गरि १७ मत परेको छ। प्रदेश ४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएका राजिव गुरुङ दिपक मानाङ्गे भने लगातार अनुपस्थित थिए ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’