नयाँ वर्ष २०८३ को अवसर पारेर स्याङ्जाको वालिङमा पहिलोपटक ‘फर्स्ट एक्स्पो’ आयोजना हुने भएको छ । ओमकार इभेन्ट हबको आयोजनामा हुने एक्स्पो यही चैत २६ गतेदेखि वैशाख २ गतेसम्म वालिङ खेलमैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममार्फत वालिङ क्षेत्रको पर्यटन सम्भावना उजागर गर्ने र यहाँ रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरूको पहिचान व्यापक बनाउने लक्ष्य राखिएको संयोजक विजय मल्लले बताए । नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने वातावरण निर्माण गर्न पनि एक्स्पो उपयोगी हुने आयोजकको विश्वास छ ।
एक्स्पोमा स्थानीय उत्पादन, मौलिक परिकार, कृषि उपज तथा विभिन्न व्यापारिक सामग्रीको प्रदर्शनी गरिनेछ । अदुवा, कफी र ताजा तरकारीको प्रदर्शनीसँगै सूचना प्रविधि, शैक्षिक सामग्री, अटोमोबाइल, हस्तकला तथा पर्यटनसम्बन्धी स्टलहरू पनि रहने सचिव विक्रम खाँणले जानकारी दिए ।
कार्यक्रम अवधिभर दोहोरी गीत, नृत्य, भजन तथा नौमती बाजा प्रतियोगिता आयोजना गरिनेछ भने टिकटक प्रतियोगिता र दैनिक सांगीतिक प्रस्तुति पनि रहनेछन् । चर्चित ब्याण्डहरूको लाइभ कन्सर्ट एक्स्पोको अर्को आकर्षण हुने आयोजकले जनाएको छ ।
करिब ७३ लाख रुपैयाँ बजेट अनुमान गरिएको एक्स्पोबाट खर्च कटाएर बाँकी रकम वालिङ खेलमैदानको मर्मत र राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकाको सहभागिताका लागि सहयोग गरिने प्रबन्धक नवराज पौडेलले बताए ।
सामान्य दर्शकका लागि प्रवेश शुल्क १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र बेलुकी हुने कन्सर्टका लागि ३०० रुपैयाँ तोकिएको छ । दिउँसो १० बजेदेखि साँझ ७ बजेसम्म प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ भने साँझ ७ देखि १० बजेसम्म लाइभ कन्सर्ट आयोजना गरिने कार्यक्रम तालिका छ ।
आयोजक संस्थाले यसअघि सेभेन–ए–साइड फुटबल प्रतियोगिता र वालिङ महोत्सवअन्तर्गत सांगीतिक कार्यक्रमहरू पनि सञ्चालन गरिसकेको जनाएको छ ।
सम्बन्धित खबर
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा