पोखरा, चैत ५ । सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जरबाट ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालबाट पैसा ठगी गरेका उनीहरुलाई लामो समय अनुसन्धान गरेर पक्राउ गरेको हो । कास्की प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी आरोपितहरु सार्वजनिक गरेको हो ।
विभिन्न ३ वटा घटनामा संलग्न ९ जनालाई नै सोमबार सार्वजनिक गरिएको हो । पाल्पा निस्दीका २६ बर्षिय यामबहादुर मगर, धादिङ नेत्रवती गाउँपालिकाका २८ बर्षिय ठाकुर गुरुङ, २८ बर्षिय गणेश गुरुङ, १९ बर्षिय मनोज तामाङ, धादिङकै खनियाबास गाउँपालिकाका २६ बर्षिय टेकबहादुर तामाङ, २५ बर्षिय जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका २४ बर्षिया संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी ३५ बर्षिय कामनी तिवारी र ४५ बर्षिय योगेन्द्र तिवारी पक्राउ परेका हुन् ।
उनीहरुल पटक पटक गरी १ करोड ३९ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको कास्की प्रहरीका प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । उनीहरुलाई ठगी मुद्धामा म्याद थप गरी अनुसन्धान सुरु भैसकेको सिंहले बताए । उनीहरुले आईएमी मार्फत पैसा पठाउन लगाएर ठगी गरेका हुन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो