जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

राजनीति

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

jigyan thapa

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।

‘उजुरीबारे आज बैठक बस्ने भएपछि हामीले उहाँलाई यहाँ बोलाएका थियौँ । र, केही कुरा पनि गर्‍यौँ’, उनले भने, ‘त्यसक्रममा उहाँले देशको कुरा हो कन्फिल्क्टि अफ इन्ट्रेस्ट हो भने म नाम फिर्ता लिन्छु भन्नुभयो । तर लिखित आउन बाँकी छ, केहीबेरमा आउँछ ।’

यसअघि असोज २८ गते भएको सुनुवाइमा प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमति पत्र रहेको भन्दै समिति सदस्य सांसदहरूले प्रश्न उठाएपछि रोकिएको थियो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिए पनि सांसदहरूले संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा प्रश्न उठाएका थिए ।

यसबारे स्पष्ट हुन भनेर संसदीय समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँगै विवरण मागेको थियो । त्यसको जवाफ पनि परराष्ट्रले दुतावासमार्फत पठाएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ