पोखरा, ११ चैत / बाराही बचत तथा ऋण सहकारीले शनिबार आयोजना गरेको शिविरमा ३ सय ५ जनाको निशुल्क जाँच गरिएको छ । सहकारीले सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा मधुमेह तथा रगत हुने खराब बोसो सित्तैमा परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।
कार्यक्रममा ग्यास्ट्रो केयर प्रालि(पेट तथा कलेजो उपचार केन्द्र) का डा सुवास भट्टराईले मधुमेह तथा रगतमा हुने खराब बोसो नियन्त्रण र यसका उपचारबारे प्रकाश पारे । समुदायमा यी रोगबारे अनेक भ्रम रहेकाले भ्रमको पछि नलाग्न आग्रह गरे ।

‘मधुमेहमा भात खानै हुन्न, यसको मुख्य कारण वंशाणुगत हो भन्ने भ्रम हो,’ उनले भने, ‘समस्या भातमा होइन, भातको मात्रामा छ ।’ डा भट्टराईले चुरोट, रक्सी सेवन नगर्न, शारीरिक व्यायम गर्न र प्राकृतिक खालका खानेकुरा खान सुझाव दिए ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले समुदायसँग सहकार्य गर्दै युआरएल अघि बढ्ने बताए । उनले स्थापनादेखि विभिन्न संघ, संस्थासँगको सहकार्यमा भएका ४७ शिविरमार्फत् २७ हजारले सेवा पाएको उल्लेख गरे । पन्तले भने, ‘अत्यावश्यक सेवा र स्वास्थ्य चेतना सर्वसाधारणले सँगसँगै पाउन भनी शिविरहरु आयोजना गरेका हौं ।’
सहकारीका अध्यक्ष दुर्गाबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष महेन्द्र श्रेष्ठ र सञ्चालन सहकारीका सञ्चालक समिति सदस्य राधिका शर्माले गरेका थिए ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?