पोखरा, चैत ११ गते । यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार मुक्तककार सरुभक्तलाई प्रदान गरिने भएको छ ।
मुक्तक विधामा नेपालमै पहिलो पटक साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित र मुक्तक मञ्च पोखराद्वारा सञ्चालित पुरस्कार यस पटक सरुभक्तलाई दिइने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मञ्चका अध्यक्ष प्राञ्जलले ११ हजार १११ रुपैयाँ रहेको पुरस्कारको राशी यस वर्षबाट बढाएर २२ हजार २२२ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला प्रदान गरिने जानकारी दिए । संस्थापक अल्पविरामले पुरस्कारको अक्षयकोष सकेसम्म बढाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपाली मुक्तकको विकास र लेखनका लागि सरुभक्तको महत्त्वपूर्ण योगदानको कदर गर्दै उहाँलाई पुरस्कार प्रदानका लागि सिफरिस गरिएको प्रतिभा छनोट समितिका संयोजक दीपक समीपले जनाए ।
कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका ३ दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ (२०३५) पोखराकै पहिलो मुक्तक सङ्ग्रह हो । उनका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ३ मुक्तक सङ्ग्रह प्रकाशित छन् ।
उनको पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो । वि. सं. २०१२ भदौ तिजमा पोखराको बागबजारमा जन्मेका सरुभक्त हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति छन् । सिर्जनाको मूल्य खोज्ने कार्यक्रम टिकटमा मुक्तक सञ्चालनमा पनि सरुभक्तको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपिन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा सम्मानित भइसकेका छन् । मुक्तकको लेखन, विकास वा अनुसन्धानमा लागेका संस्था वा व्यक्तिलाई हरेक २ वर्षमा पुरस्कार प्रदान गरिँदै आएको छ ।
चैतको अन्तिम साता मुक्तक महोत्सव हुने
पोखरामा चैतको अन्तिम साता मुक्तक महोत्सव हुने भएको छ । मुक्तक मञ्च पोखराको आयोजना र रोट्रयाक्ट क्लव अफ हेमजाको सह-आयोजनामा यहि चैत २२, २३ र २४ गते तीन दिने ‘मुक्तक महोत्सव २०७४’ पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा आयोजना गरिएको हो ।
सिर्जनाको मूल्य दिलाउन ‘टिकटमा मुक्तक’ कार्यक्रमको उद्गम थलो पोखरालाई मुक्तक सहरका रुपमा स्थापित गर्ने अर्को प्रयास स्वरुप मुक्तक महोत्सव गर्न लागेको मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जलले बताए ।
महोत्सवको अवरमा ४० भन्दा बढीले मुक्तक वाचन गर्ने भएका छन् । काठमाडौं, पोखरा, चितवनसहित देशका विभिन्न जिल्लाका चर्चित मुक्तककारहरुले मुक्तक वाचन गर्ने अध्यक्ष प्राञ्जलले पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै, महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, मुक्तकको सैद्धान्तिक बहस, मुक्तक संग्रह विमोचनलगायतका कार्यक्रम हुने उनले बताए ।
महोत्सवको सफलताका लागि प्रायोजकहरुको खोजी भइरहेको आर्थिक उपसमितिकी संयोजक गौरी तमुले जानकारी दिईन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?