गण्डक न्युज पोखरा, १२ चैत । पोखराको नयाँबजारमा ५ बर्षिया बालिका बिहानी रोक्का मगरको आईतबार राति १४ वर्षीय पुन थरका बालकले हत्या गरे । खेलौनाकै विषयमा विवाद भएपछि ढुंगाले टाउकोमा हान्दा मृत्यु भएको बयान अभियुक्तले दिएका छन् ।
नाबालिका छोरीको हत्या भएपछि अर्धमुर्छित आमा बिना थापा मगर सामान्य अवस्थामा फर्कन सकेकी छैनन् । बिहान १० बजेतिर बालिकाको घर खोज्दै गण्डकन्युजको टीम पुग्यो । हत्या गरिएको स्थानबाट ५० मिटर दुरीमा छोरीकै नाममा खोलिएको बिहानी खाजा घर भेटियो । सटर कोठाकै बीचमा ढोका राखेर दुई वटा कोठा बनाईएको छ ।

छिमेकी दुई जना महिलाहरु सँगै थिए । बालिकाकी आमा बिना ओछ्यानमा लडिरहेकी थिईन् । उनी बोल्ने अवस्थामा थिईनन् । एकछिनपछि घटनाको बारेमा छिमेकीहरुले भन्न सुरु गरेपछि उनी केहि सम्हालिन् र घटनाबारे यसरी बेलिबिस्तार लाईन् । :-
“मेरो श्रीमान आर्मी हुनुहुन्छ । नवलपरासीमा हुनुहुन्छ । एउटा छोरा र छोरी मात्रै हो । छोरा शरद ९ वर्षको भयो । छोरी बिहानी ५ पुरा भएकी थिईन् । म पोखरा २ वर्ष अघि आएको हो । पहिले अमरसिंहमा बस्थेँ । त्यहाँ पनि ६ महिनाजति खाजा घर चलाएँ । स्कुल नजिक भएकाले बाबु नानीलाई त्यहीँ पढाएँ । यता नयाँबजार आएको १ वर्ष बढी भयो ।
हिजो (आईतबार) बेलुकी पनि बाहिर पेटीतिर खेलिरहेकी थिईन् । मकहाँ महिनाबारी खाना खानेहरु छन् । म खाना बनाउँदै थिएँ । ७ बजेतिरबाट नानी देखिएन, अबेरसम्म नआएपछि उसको दाइले त्यो केटा र नानी खेलिरहेको भन्यो ।
त्यो केटा काम गर्ने ठाउँमै सुत्थ्यो । (अभियुक्त ठीक अगाडिको निट एण्ड क्लिन सर्भिस प्वाईन्टमा गाडी धुने काम गर्दै आएका थिए) त्यहाँ पुग्दा त्यो केटा रहेनछ । त्यसपछि सबै ठाउँमा खोज्न थाल्यौं । सधैं कोठामै सुत्थ्यो, रहेनछ । पुलिसलाई खबर गरिसकेका थियौं । २० मिनेट जतिमा पुलिस आयो । केटालाई उसकै काम गर्ने ठाउँमा राखिएको गाडी मुनि भेटियो । उसले मैले मारेँ भन्यो । म नानीलाई हेर्न पनि पाईनँ । पुलिसले नै सबै लग्यो । नानीबाबुका बुबा आउँदै हुनुहुन्छ ।
खेलौना नदिएर भनेको छ अरे । खेलौनाकै कारण त्यत्रो ठूलो मान्छेले बच्चा मार्छ ? अनाथ भनेको छ । १४ वर्ष नै भयो भन्ने के छ ? ठूलो पनि हुन सक्छ उमेरमा । त्यसरी मारेर, कसरी लुकाउने भनेर जानेको मान्छे बालक हुन्छ ? एकदमै गहिरो गरि छानविन हुनुपर्छ । मेरी छोरी मार्नेलाई कडा कारबाही हुनुपर्छ ।”
यति भनेपछि मृतककी आमा बिना बोल्न सकिनन् । उनले पानी समेत खाएकी छैनन् ।

हत्या गरेर लुकाईएको ठाउँमा लागेको रगत
सम्बन्धित समाचार
पोखरामा ५ वर्षीया बालिका ‘बिहानी’ को हत्या

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?