सुन्दर कुमार थकाली,मुस्ताङ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् अन्तर्गत जिल्ला युवा समिति मुस्ताङले ‘युवा मुद्धा विषयक’ पत्रकार अन्तक्रिया गरेको छ । जिल्लाका युवाहरुको वर्तमान समस्या र त्यसको व्यवस्थापन गर्ने उद्देश्यले सम्भावनाको खोजी गर्न अन्तक्रिया गरिएको समितिले जनाएको छ ।
जिल्ला युवासमिति मुस्ताङले आयोजना गरेको कार्यक्रममा वार्षिक कार्यक्रमका बारेमा जानकारी दिदै समितिका कार्यालय प्रमुख मतिलाल चपाईले युवा उद्यम कार्यक्रम प्रभावकारी भएकाले आगामी वर्षहरुमा अन्य युवाहरुलाई समेटेर अघि बढ्ने बताए ।
उनले आर्थिक बेरोजगार र बैदेशिक रोजगारीमा बिदेश पलायन भएका युवाहरुलाई स्वदेशमै आयआर्जन गर्न सकिन्छ भन्ने वातावरण सृजना गर्न राष्ट्रिय युवापरिषदले कार्यक्रम अगाडी बढाएको जनाए । त्यस्तै जिल्ला युवा समितिका अध्यक्ष सम्राट गौचनले युवा उद्यमीहरुलाई उत्साहका साथ जिम्मेवारी पुर्वक व्यवसाय संञ्चालन गर्न आग्रह गरे ।
उनले युवा उद्यमीहरु व्यवसायमा सफल भए युवा समितिको कार्यक्रम सफल हुने उल्लेख गर्दै युवा उद्यमीको प्रगतिको आधारमा लगानी गर्दै जाने जानकारी दिए । अध्यक्ष गौचनले युवा समितिको कार्यक्रम १ वर्षअघि सुरु भएपनि प्राविधिक कारणले जिल्लाका युवालाई लगानी गर्न नसकिएको जनाए ।
पत्रकार अन्तक्रियामा नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दर कुमार थकाली सहित एक दर्जन पत्रकारहरुको उपस्थिती रहेको थियो । यसअघि भएको ग्रामिण युवा उद्यम रकम हस्तान्तरण कार्यक्रममा जिल्ला युवासमितिका अध्यक्ष सम्राट गौचनले राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टङ्कराज बराललाई नगद १० लाखको चेक हस्तान्तरण गरे ।

जिल्ला युवा समितिको कार्यक्रममा छनौटमा परेका थासाङ युवा कृषक समुह र जनजागरण युवा समुह जामसोमका प्रतिनिधिलाई सहकारी संस्थाका अध्यक्ष टङ्कराज बरालले नगद ५–५ लाखको नगद चेक हस्तान्तरण गरेका थिए ।
आर्थिक वर्ष ०७३र०७४ मा थासाङ कृषक समुहलाई गाईपालन र आर्थिक वर्ष ०७४÷०७५ मा जनजागरण युवा समुह जोमसोमलाई धुप उद्यमका लागि ऋण सहयोग प्रदान गरेको हो । युवा समुहले लिएको ऋण किस्ताबन्दीका आधारमा ५ वर्षमा चुक्ता गर्नुपने समितिले जनाएको छ ।
जिल्ला युवा समितिले आयोजना गरेको अन्तक्रियामा पत्रकारहरुले युवा उद्यमबारे जिज्ञासा राखेका थिए । सम्राट गौचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जीवन गोतामेले गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर