पोखरा । लामो समयदेखि रिक्त रहेको नेपाली काँग्रेस समर्थित विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा नयाँ समिति चयनले गति लिएको छ । पक्ष अनुसार समिति बनिरहेका छन् ।
नेपाली काँग्रेस कास्कीमा पर्शुराम बस्नेतलाई केन्द्रले जिल्ला सभापति चयन गरेपछि बस्नेतले आफ्नो क्षेत्रमा कमिटि निर्माण सुरु गरेका हुन् । मंगलबार कास्की क्षेत्र नं. २ को सभापतिमा सौगात थापालाई चयन गरेका छन् ।
नेवि संघको विधान २०२७ छैटौं संशोधित २०७३ अनुरुप थापालाई सभापतिमा चयन गरिएको जनाइएको छ । सभापतिमा चयन गरेपछि थापालाई प्रदान गरिएको पत्रमा लेखिएको छ : नेवि संघ कास्की क्षेत्र नं. २ मा आबद्ध नेता कार्यकर्ता एवं आम विद्यार्थीको भेलाबाट सर्वसम्मत नेवि संघ कास्की क्षेत्र नं. २ को सभापति चयन हुनुभएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौं ।’

सभापति बस्नेतले संगठनको मूल्य, मान्यता र आदर्शलाई आत्मसाथ गर्दै संगठनको शिर उँचो राख्न र नेवि संघ निरन्तर क्रियाशील हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । साथै संगठनमा आबद्ध साथीहरुको मनोभावनालाई समेटेर क्षेत्रयि कार्यसमिति गठन गरी यथाशीघ्र अधिवेशन सम्पन्न हुने विश्वास समेत लिएका छन् ।
२० वर्ष मात्र पुगेका क्षेत्रीय सभापति थापा युवा व्यवसायी समेत हुन् । पोखरा लिंकन कलेजमा बिबिए अध्ययनरत थापा सामाजिक सेवामा समेत रुची राख्छन् । एक समय युथ फर चेञ्ज ग्रुप स्थापना गरी सडकबालबालिकाका लागि कार्यक्रम, बन्द विरुद्धको अभियानमा उनी जुटेका थिए ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?