अश्विन दानी, गोरखा । झापाकी एक युवतीको गोरखा आरुघाट गाउँपालिका २ मान्बुमा शंकास्पद मृत्यु भएको छ। गत वैशाख २६ गते राति १० बजे झापाकी संगीता अधिकारीको शव प्रहरीले भेटाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए।
‘झापा घर भएकी २०/२२ वर्षकी संगीता अधिकारीको शव भन्ने पुष्टि भएको छ,’ कार्कीले भने, ‘उनी यहीँ मान्बुका २० वर्षका कृष्ण न्यौपानेसँग यहाँ आएकी रहिछन्।’ न्यौपाने मृतक संगीताको ब्वाइफ्रेन्ड भएको प्रहरी अनुसन्धानले खुलेको कार्कीले जनाए। ‘हामीले मृतक संगीताको शरीर हेर्दा कम्परमा चोट लागेको र मुखबाट रगत बगेको देखियो त्यो हेर्दा यो हत्या भएको शंका गरेका छौँ,’ उनले भने, ‘बाँकी रिपोर्ट अनुसन्धान र पोस्टमार्टमपछि आउला।’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट न्यौपाने र अधिकारी गत २५ गते काठमाडौंबाट मान्बु आएको पत्ता लागेको छ। इलाका प्रहरी कार्यालय आरुघाटमा उनीहरु आएको भोलिपल्ट २६ गते मृत अवस्थामा मान्छे फेला परेको छ भनेर सूचना आएपछि प्रहरी घटनास्थलमा गएको थियो।
‘प्रहरीसँग न्यौपानेले संगीताले बिहे गर गर भनेर कर गर्ने गरेको भनेर बताएका छन्,’ कार्कीले भने, ‘तर, केटाले अहिले बिहे गर्ने उमेर भएको छैन भन्दै आएको रहेछ। घटना कसरी भयो भनेर ब्वाइफ्रेन्डले थाहा नभएको बताउँदै आएका छन्।’
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ