अश्विन दानी, गोरखा । झापाकी एक युवतीको गोरखा आरुघाट गाउँपालिका २ मान्बुमा शंकास्पद मृत्यु भएको छ। गत वैशाख २६ गते राति १० बजे झापाकी संगीता अधिकारीको शव प्रहरीले भेटाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए।
‘झापा घर भएकी २०/२२ वर्षकी संगीता अधिकारीको शव भन्ने पुष्टि भएको छ,’ कार्कीले भने, ‘उनी यहीँ मान्बुका २० वर्षका कृष्ण न्यौपानेसँग यहाँ आएकी रहिछन्।’ न्यौपाने मृतक संगीताको ब्वाइफ्रेन्ड भएको प्रहरी अनुसन्धानले खुलेको कार्कीले जनाए। ‘हामीले मृतक संगीताको शरीर हेर्दा कम्परमा चोट लागेको र मुखबाट रगत बगेको देखियो त्यो हेर्दा यो हत्या भएको शंका गरेका छौँ,’ उनले भने, ‘बाँकी रिपोर्ट अनुसन्धान र पोस्टमार्टमपछि आउला।’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट न्यौपाने र अधिकारी गत २५ गते काठमाडौंबाट मान्बु आएको पत्ता लागेको छ। इलाका प्रहरी कार्यालय आरुघाटमा उनीहरु आएको भोलिपल्ट २६ गते मृत अवस्थामा मान्छे फेला परेको छ भनेर सूचना आएपछि प्रहरी घटनास्थलमा गएको थियो।
‘प्रहरीसँग न्यौपानेले संगीताले बिहे गर गर भनेर कर गर्ने गरेको भनेर बताएका छन्,’ कार्कीले भने, ‘तर, केटाले अहिले बिहे गर्ने उमेर भएको छैन भन्दै आएको रहेछ। घटना कसरी भयो भनेर ब्वाइफ्रेन्डले थाहा नभएको बताउँदै आएका छन्।’
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?