पोखरा । प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आइतबार बालबालिकाको बिषयलार्इ लिएर सुझाव पत्र बुझाइएको छ ।
महानगर बाल मन्चका सदस्य सुवास अधिकारी र आरोग्य मोहन काफ्लेसँगै बालबालिका सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका रेडियो सफलताका अनुप पौडेलले गुरुङलाई गुलाबको फूलसगै सुझाव पत्र बुझाएका हुन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आगामी आर्थिक वर्ष २०७५र७६ को बजेटमा बालबालिकाको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न अपिल गर्दै प्रदेश सरकारले उत्कृष्ट नीति तथा कार्यक्रम तर्जुमा गर्नका निम्ति महानगर बाल मञ्चको तर्फबाट ५ बुँदे सुझाव पत्र बुझाएको महानगर बाल मञ्चका सदस्य सुवास अधिकारीले बताए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त पत्रमा हस्ताक्षर गरेसँगै आफूहरुको मागलाइ मुख्यमन्त्रीले सम्बोधन गर्ने आशा रहेको महानगर बाल मन्चका अध्यक्ष शाश्वत कोइराला बताउँछन् ।
जनप्रतिनिधीलाई जवाफदेहि बनाउने सबैको अभियान रहेको भन्दै आफूहरुले उक्त पत्र बुझाएको महानगर बाल मञ्चका सदस्य आरोग्य मोहन काफ्लेले बताए । चार महिने बजेटमा उल्लेखित बालबालिकको क्षेत्रसँग सम्बन्धित कार्यक्रम र प्रतिबद्धताको कार्यान्वयनका लागि समेत उनीहरुले जोडदार अपिल गरेका छन् ।
उक्त पत्रमा नागरिक समाज पोखरा, गैसस महासंघ कास्की, बाल हितकारी परियोजना कास्की, बाल श्रम न्युनिकरण कार्यक्रम कास्की, महिला तथा बालबालिका सेवा केन्द्र, जिल्ला प्रहरी कार्यलय कास्की, रेडियो सफलता, रेडियो अन्नपूर्ण, रेडियो जननी र रेडियो लेखनाथले समर्थन जनाएका थिए ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो