सुन्दर कुमार थकाली, मुस्ताङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङ मुस्ताङले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ । लोमान्थाङ गाउँपालिकाको ध्येमा भएको कार्यक्रममा उपल्लो मुस्ताङका दुई स्थानीय तहको सहभागिता थियो ।
लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी र एक्यापका प्रतिनिधिले संयुक्त रुपमा दिवस मनाएका हुन् । उत्तरी कोरला नाकासंग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले सबैको सामुहिक प्रयासले मात्र वातारवणीय संरक्षणमा प्रभावकारी भुमिका निर्वाह गर्न सकिने बताए ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अर्का अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जलबिद्युतको उत्पादन तथा प्रयोग हुनसके वनक्षेत्रको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न सकिने उल्लेख गरे ।
लोमान्थाङ गाउँपालिकाको प्रशासकिय अधिकृत शुशिल कुमार अर्यालले स्थानीय जनसमुदायको बृहत्तर हितका लागि एक्यापले कार्यसम्पादन गर्दे आएको जनाए । त्यस्तै, कार्यक्रम कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले निर्वाचित जनप्रतिनिधिले वातावरणीय संरक्षणमा चाँसो दिएमा लक्ष प्राप्त हुने बताए ।

एक्याप लोमान्थाङको ३१ औ स्थापना दिवसको उपलक्षमा अन्तर विद्यालय स्तरिय निवन्ध प्रतियोगिता आयोजना गरेको छ । दुई गाउँपालिकामा रहेका विद्यालयबीच भएको प्रतियोगिताका सहभागि विद्यार्थीहरुलाई अध्यक्षद्धय सुवर्णकुमार विष्ट र लोप्साङ छोम्फेल बिष्टले पुरस्कार प्रदान गरे । सो अवसरमा निवन्ध प्रतियोगिताका सहभागि उत्कृष्ट बिद्यार्थीले आफ्नो रचना वाचन गरेका थिए ।
यसअघि वातावरण संरक्षणका नारा लेखिएको व्यानर र प्लेकार्ड लिएको प्रभात फेरीको टोलीले ध्ये देखि लामान्थाङ बजार परिक्रमा गरेको हो । कार्यालय प्रमुख तुलसी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामबहादुर गुरुङ र सञ्चालन श्रीकृष्ण न्यौपानेले गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर