महेन्द्र जिसी, पर्वत । विज्ञापनमा निःशुल्क भनेर प्रचार गर्ने तर जडान गर्ने बेला हजारौंको बिल थमाउने गरेपछि उपभोक्ता आक्रोशित बनेका छन् ।
निःशुल्क सेटअप बक्स उपलव्ध गराउने प्रचार–प्रसार गरिरहेको म्याक्स टिभीले उपभोक्ताहरुलाई ठगी गरेको पर्वतमा टिभिका उपभोक्ताहरुले बताएका छन् । उपभोक्तालाई निःशुल्क सेटअप बक्स दिएर एनालग प्रविधिबाट डिजिटलमा रुपान्तरित गर्न भन्दै मेगा म्याक्स टिभी प्रालिले शुल्क अशुलेर सेटबक्स वितरण गरेका गरेको हो ।
सेटअप बक्स निशुल्क दिने भनिएपनि जडानका बेला केवल कम्पनीहरुले शुल्क असुल्ने गरेका छन । म्याक्स सेटअप बक्स निःशुल्क भएपनि पर्वतका केवल सञ्चालकहरुले उपभोक्ता मार्फत १२ सय ५० देखी २५ सय सम्म अंशुल्ने गरेका हुन । जडा गर्दा केवल सञ्चालकहरुले एक हजार दुर्ई सय रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँसम्म लिएको उपभोक्ताहरुले बताएका छन् ।
सेवाग्राहीहरुले पनि सेट बक्स जडान पछि थाहा पाएको बताएका हुन् । केबुल सञ्चालकले व्यहोरा खुल्ने बिल भरपाई नदिई उपभोक्ता अन्यौलमा पार्ने गरेको उपभोक्ताहरुले बताएका हुन् । अहिले पर्वतमा म्याक्स टिभिको सेट बक्स पर्वत केवल नेटवर्कले विक्रि गर्दैै आएको छ ।
नेटवर्कका प्राविधिक विष्णु जिसीले बजारमा १२ सय देखी दुरीको हिसवाले शुल्क लिएर बक्स जडान गर्दै आएको बताए । बिल नै नदिई शुल्क अशुलेर केवलवालाहरुले उपभोक्ता खुलेआम ठग्ने गरेको अधिकारकर्मीहरुले बताएका छन् । सरकारले आगामी असार मसान्तभित्र एनालग सिग्नल नहटाए कार्वाही प्रक्रिया थाल्ने बताएपछि डिजिटल प्रणाली जडानमा उपभोक्ता लागेका छन् ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो