पोखरा, ६ असार । चौथो अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा पोखरामा प्रभातफेरी निकालिएको छ । वर्षेनी कार्यक्रम गर्दै आएको पतञ्जली योग समिति, प्रदेश ४ समितिले दिवसको अघिल्लो दिन प्रभातफेरी निकालेको हो । संयुक्त राष्ट्र संघले सन् २०१४ मा विश्वभर जुन २१ तारिखमा दिवस मनाउने निर्णय गरेको थियो ।
बुधबार बिहान मानवअधिकार चोक चिप्लेढुंगादेखि सुरु भएको प्रभातफेरि न्युरोड, सभागृहचोक, हुँदै सिर्जनाचोक पुगेर टुंगिएको थियो । मंगलबार पत्रकार भेटघाट आयोजना गरी योगको महत्वका बारेमा प्रवचनका साथै त्रिदिवसीय कार्यक्रम सार्वजनिक गरिएको थियो ।
समितिका अध्यक्ष दिपकराज सिग्देलले दिवसको अवसरमा विहीबार बिहान हुने योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको जनाए । सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म कार्यक्रम हुनेछ । स्थान उपलब्ध भएसम्म सबै निःशुल्क रुपमा सहभागी हुनेछन् । योग कक्षामा सहभागी हुन चकटीको व्यवस्था सहभागी आफैले गर्नुपर्ने योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले जनाईन् ।
समितिका सचिव विश्वमणि तिवारीले कार्यक्रममा सहभागिताका लागि अनुरोध गरे । योगका विभिन्न विधाहरुको माध्यमबाट मानिसको स्वास्थ्यमा शारीरिक, मानसिक र अध्यात्मिक रुपमा सकारात्मक प्रभाव पार्ने योगलाई अवलम्वन गर्न सबैमा अनुरोध गरिएको छ ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह