सुन्दर कुमार थकाली,मुस्ताङ
आसन्न प्रदेश स्तरिय बक्तृत्वकला प्रतियोगिताका लागि जिल्ला युवासमिति मुस्ताङले मंगलबार जोमसोममा प्रतिभा छनौट कार्यक्रम आयोजना गरेको छ ।
युवा समितिले जिल्लाका युवालाई बिभिन्न क्षेत्रमा लक्षित कार्यक्रम गर्दे आएकोमा यो अन्तिम कार्यक्रम भएको जनाएको छ ।जसअन्तर्गत युवाहरुलाई कुनैपनि सभा तथा समारोहमा प्रखर रुपमा बोल्नसक्ने र आफ्ना कुरा अरु समक्ष स्पष्ट रुपमा प्रस्तुत गर्नसक्ने कलाको क्षमताबृद्धि गर्नका लागि प्रदेशसभा ४ ले यही असार २३ गते प्रदेश स्तरिय बक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।जसको छनौटका लागि युवा समिति मुस्ताङले जोमसोममा जिल्ला स्तरिय युवा प्रतिभा पहिचान तथा छनौट कार्यक्रम आयोजना गरेको कार्यालय प्रमुख मतिलाल चपाईले जनाए ।
जिल्ला युवा समिति मुस्ताङले आयोजना गरेको ‘समृद्ध नेपाल,सुखी नेपाली अभियानमा युवाहरुको भुमिका बिषयक जिल्ला स्तरिय प्रतिभा छनौट बक्तृत्वकलामा धौलागिरी आवासीय माविका छात्र पेमा वाङ्गेल गुरुङ पहिलो भएका हुुन् ।छनौट भएका गुरुङ आसन्न प्रदेशसभाद्धारा आयोजना गरिने बक्तृत्वकला प्रतियोगितामा मुस्ताङबाट सहभागी हुने कार्यालय प्रमुख चपाईले बताए ।त्यस्तै, जनआदर्श माध्यमिक बिद्यालय कोवाङकी छात्रा कुसुम खड्का दोश्रो भईन् भने योगेन्द्र माध्यमिक बिद्यालय टुकुचेकी छात्रा श्रीसा पुनमगर तेश्रो भईन् ।
कार्यक्रम प्रदेश बक्तृत्वकला प्रतियोगितामा छनौट भएका पेमा वाङ्गेल गुरुङले नगद ३ हजार प्रमाणपत्र प्राप्त गरे ।दोश्रो भएकी कुसुम खड्काले २ हजार र प्रमाणपत्र र तेश्रो भएकी श्रीसा पुनमगरले १ हजार र प्रमाणपत्र पाएका छन् ।पुरस्कृत प्रतियोगिलाई सिडियो शिशिर पौडेल,जिल्ला युवा समितिका कार्यालय प्रमुख मतिलाल चपाईले पुरस्कार हस्तान्तरण गरेका थिए ।प्रतिभा पहिचान तथा छनौट समितिको मुल्याङ्कनमा घरपझोङ गाउँपालिकाकी प्रशासकिय अधिकृत मैयाँ कडेल,अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना –एक्याप) जोमसोमका प्रमुख तुलसी दाहाल र नेपाल बैङ्क लिमिटेडका नवराज सुबेदी रहेका थिए ।जिल्लाका ३ स्थानीयतहका करिव आधा दर्जन बिद्यालयका युवा बिद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।
सिडियो शिशिर पौडेलले देशका युवापंक्ति देशकै मेरुदण्ड भएकाले देशको आर्थिक बिकास र समृद्धिमा युवापंक्ति नै जुट्नु पर्ने बेला आएको बताए ।जिल्ला युवा समिति मुस्ताङका प्रमुख मतिलाला चपाईले राष्ट्रिय युवापरिषदको कार्यक्रम बमोजिम समिति मार्फत जिल्लामा युवा लक्षित कार्यक्रम गर्दे आएको खुलाए ।समितिका अध्यक्ष मतिलाल चपाईको अध्यक्षतामा भएको कार्यक्रममा संञ्चालन कार्यालयका कम्पूटर अपरेटर अजय गोतामेले गरेका थिए ।
सम्बन्धित खबर
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
मार्चेः मुस्ताङको एक लुकेको स्वर्ग [फोटो फिचर]
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’