तनहुँ । तनहुँकी चेली प्रगती पुन मगर अन्तराष्ट्रिय फेन्चाइज डान्स रियलिटी सो बुगी उगीको फाइनल प्रवेश गरेकी छन् । प्रगति आज आफ्नो गृहजिल्ला तनहुँको दमौली आउदै छिन । एपिवान टेलिभिजनबाट प्रसारण हुने सोको गत शुक्रबार राती भएको श्रृखंलामा उत्कृष्ट चारबाट छनौट भएसँगै उनि बुगी उगीको फाइनलिस्ट बन्न सफल भएकी हुन् । तनहुँ शुक्लागण्डकी २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति सानैदेखि नृत्य गर्दै आएकी थिइन् ।
भिक्टोरिया ड्रान्स एण्ड एक्टिङ स्कुलको आयोजना तथ तनहुँका विभिन्न सामाजिक संघसंस्थाको सक्रियतामा प्रगती पुन मगर दमौली आउन लागेकी हुन् । आज बुधबार साँझ ५ बजे दमौली स्थित मेनचोकमा हुने कार्यक्रममा उनले नृत्य प्रस्तुत गर्नुका साथै जिल्लाबासि संग आफ्नो लागि भोटको अपिल गर्नेछिन् । प्रगति लाइ सम्मान कार्यक्रमको समेत आयोजना गरिएको भिक्टोरिया ड्रान्स एण्ड एक्टिङ स्कुलका संचालक तथा कोरियोग्राफर सर्जन थापा मगरले जानकारी दिए । कार्यक्रममा प्रगती आवद्ध रहेको पोखराको चर्चित ड्रान्स ग्रुप क्रिस्टल क्लज डान्स क्रियुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।
प्रगतीले स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सहभागि भई चर्चा बटुली सकेकी छन् । बुगी उगीमा सहभागी हुनुपुर्व उनले क्रिस्टल क्लज डान्स क्रियुमा आबद्ध रहेर कभर म्यूजिक भिडियोमा नृत्य गर्दै आएकी थिइन् । प्रगती पुन मगरलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गर्इ ०४ टाइप गरी ३५२२५ मा एसएमएस पठार्इ भोटिङ गर्न सकिन्छ । भोटिङ साउन १० गते बिहीबार देखी एक सातासम्म गर्न सकिनेछ । प्रतियोगिताको निर्णायकका रुपमा कोरियोग्राफर कविराज गहतराज, नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्की रहेका छन् । यस्तै प्रगतीसँगै कविता नेपाली र सरोज मोक्तान बुगी उगीको फाइनलिस्टमा छनौट भएका छन् ।
प्रगति लाइ शुक्लागण्डकीमा समेत सम्मानको कार्यक्रम रहेको छ । ग्रान्ड फिनाले प्रवेशपछि घर आउन लागेकी प्रगतिको भव्य स्वागत गरिने लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनका अध्यक्ष प्रदिप थापाले बताए । उनको स्वागत र भोट अपलिका लागी दुलेगौडाको बिपीचोकमा दिउसो १२ बजे कार्यक्रम गरिने थापाले जानकारी दिए ।
प्रगति लाइ अन्तराष्ट्रिय फेन्चाइज डान्स रियलिटी सो बुगी उगीको विजेता बनाइ उपाधि तनहुँ भित्र्याउन जिल्ला बासि विभिन्न तरिकाले लागिपरेका छन् ।
यो पनि पढ्नुहोस :
तनहुँकी चेली प्रगती पुन मगर बुगी उगीको फाइनलमा छनौट
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?